मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २१ शनिबार
  • Saturday, 06 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २१ शनिबार २३:३६:oo
Read Time : < 1 मिनेट
समाचार

तीन रोपनी सरकारी जग्गा हडपेको भन्दै बुढानिलकण्ठको लोयल्टी स्कुलमा प्राधिकरणले चलायो डोजर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २१ शनिबार २३:३६:oo

तीन रोपनी भन्दा धेरै सरकारी जग्गा हडपेको भन्दै काठमाडौं उपत्यका विकास प्राधिकरणले लोयल्टी एकेडेमीमा डोजर चलाएको छ । बुढानिलकण्ठ–९ मण्डिखाटारमा प्राधिकरणले शनिबार डोजर चलाएको हो । प्राधिकरणले बिद्यालयको पर्खाल भत्काएको छ । 

पर्खाल भत्काउन गएपछि बिद्यालयका सञ्चालक तथा कर्मचारीले प्राधिकरणका जिल्ला आयुक्त सुभाष बस्नेतमाथि हातपातको प्रयास गरेका थिए। पर्खाल भत्काएपछि बिद्यालयले सडक बन्द गराएको स्थानीयले बताएका छन् । 

बिद्यालयका सञ्चालक प्याब्सनका पूर्वअध्यक्ष विजय साम्बाहाम्फे हुन्। बिद्यालय परिसरमा सरकारी जग्गा नरहेको उनको दाबी छ। प्राधिकरणले भने सरकारी जग्गामा कम्पाउन्ड लगाएर बिद्यालयले पार्किङका रुपमा प्रयोग गर्दै आएको जनाएको छ।