मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २१ शनिबार
  • Saturday, 06 September, 2025
नवराज मैनाली काठमाडौं
२o८२ भदौ २१ शनिबार १५:२६:oo
Read Time : > 1 मिनेट
समाचार

सीमा क्षेत्रका बासिन्दा ड्रोनका कारण आतंकित 

भारतद्वारा सर्वेक्षणका नाममा नेपाली पक्षसँग समन्वय नै नगरी दैनिक ड्रोन उडान 

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २१ शनिबार १५:२६:oo

भारतसँगको सीमाको क्षेत्रमा केही दिनयता ठूला ड्रोनहरू नियमित उडाउन थालेपछि सीमा क्षेत्रका बासिन्दाहरू त्रसित बनेका छन् । कपिलवस्तुको सीमा क्षेत्रमा केही दिनयता नियमित रुपमा ड्रोन उड्ने गरेको छ । 

बिहीबार र शुक्रबार कपिलवस्तुको बुद्धभुमी नगरपालिका–५ गौतम सामुदायिक वनको क्षेत्रमा ड्रोन उडिरहेको छ । स्थानीयका अनुसारको नेपालतर्फ समेत ड्रोन आएपछि त्रास फैलिएको छ । ड्रोनमार्फत चोरी हुनसक्ने समेत हल्ला सीमा क्षेत्रमा फैलिएको छ । 

सीमा क्षेत्रमा समन्यव गरेर मात्र ड्रोन उडाउन पर्नेमा भारतले कुनै जानकारी दिएको छैन । स्थानीयको गुनासोपछि नेपाली पक्षले बुझ्दा उनीहरूले नदीसम्बन्धि सर्वेक्षणका लागि त्यसरी सरकारी तवरबाटै ड्रोन उडाइएको बताएका छन् । स्थानीयले नेपाली भूमीतर्फ समेत ड्रोन उडेको भिडियो नै खिचेर सुरक्षा निकायलाई जानकारी गराएका छन्। 

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार ड्रोन उडाइएको विषयमा स्थानीयबाट गुनासो आएको छ तर भारतीय पक्षबाट कुनै औपचारिक जानकारी आएको छैन । ‘भारतको रिसर्च इन्टिच्यूटले नदीसम्बन्धि रिसर्च गरिरहेको भनेर अनौपचारिक जानकारी दिएको छ। तर, ड्रोन नेपालतर्फ आएको छैन,’ उनले नयाँ पत्रिकासँग भने,‘सीमाको सीधा लाइन छैन, जिकज्याक छ, उड्दाखेरि नेपालतर्फ जस्तो देखिएको हो, नेपालतर्फ ड्रोन आएको छैन । तर पनि नागरिकमा त्रास फैलियो भयो भनेर मैले भारतीय पक्षलाई कन्सर्न राखेको छु ।’ 

भारत सरकारले सन् २०२३ देखि लागू गरेको नदी नीति अन्र्तगत गण्डक, राप्ती लगायत सीमावर्ती नदीहरूको डिजिटल म्यापिङ बहाव नियन्त्रण, बाढीको जोखिम मूल्याङकन तथा तटबन्धको अवस्थाबारे तथ्याङकन संकलनका लागि ड्रोन उडाइएको भारतीय अधिकारीले जानकारी दिएका  छन् ।

सीमावर्ती क्षेत्रको संवेदनशीलतामा भारतले चासो नदिएको आरोप नेपाली पक्षको छ । नेपाल पक्षसँग समन्वय गरी सूचना प्रवाह नगर्दा सीमा क्षेत्रका बासिन्दाहरू नियमित उड्ने ड्रोनका कारण त्रसित बन्दै आएका छन् । सीमामा ड्रोन उडाउनु सुरक्षासम्बन्धि पनि संवेदनशील विषय भएको प्रहरी अधिकारी बताउँछन् ।