मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 05 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेको संगठित सदस्य साढे ६ लाखभन्दा बढी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३o:oo

सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले)का देशभित्र र देशबाहिर गरी साढे ६ लाखभन्दा बढी संगठित सदस्यहरू रहेका छन्।

ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु दोस्रो विधान महाधिवेशनमा पेस भएको सांगठनिक प्रतिवेदनमा पार्टीका सदस्यहरूको संख्या उल्लेख गरिएको छ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले पेस गरेको प्रतिवेदनमा नेपाल, भारत (प्रवास) र तेस्रो मुलुक (प्रवास)हरूमा गरी कुल ६ लाख ६२ हजार ९६१ संगठित सदस्य रहेका उल्लेख छ।

कुल संगठित सदस्यमध्ये दुई लाख ५८ हजार १६ महिला र चार लाख ५७ हजार १४५ पुरूष छन्। प्रतिवेदनअनुसार एमालेका सबैभन्दा बढी संगठित सदस्य मधेश प्रदेशमा छन्। मधेशमा एमालेले एक लाख ५६ हजारजनालाई संगठित सदस्य बनाएको छ। तीमध्ये एक लाख ६५१ पुरूष र ५५ हजार ३९० महिला छन्। 

यसैगरी, सात प्रदेशमध्ये सबैभन्दा कम कर्णाली प्रदेशमा ४७ हजार ६४७ (३३ हजार ३८८ पुरुष र १४ हजार २५९ महिला) छन्। एमालेको प्रतिवेदनअनुसार कोशी प्रदेशमा एक लाख ४७ हजार १० र बागमती प्रदेशमा एक लाख १६ हजार ४९९ सदस्य छन्।

लुम्बिनी प्रदेशका ८० हजार ३५२, सुदूरपश्चिम प्रदेशका ६३ हजार ११० र गण्डकी प्रदेशका ५५ हजार ५१२ जनाले एमालेको संगठित सदस्यता लिएका छन्। उपत्यका विशेष प्रदेशमा आठ हजार ७८१ सदस्य रहेको एमालेले सम्पर्क शीर्षकमा १३ हजार ७५२ सदस्य रहेको प्रतिवेदनमा उल्लेख गरेको छ।

यस्तै, एमालेले भारत (प्रवास)मा एक हजार दुई सय ६७ पुरुष र ४७६ महिला गरी एक हजार ७५२, प्रवास (तेस्रो मुलुक)मा तीन हजार सात सय पुरुष र ९३० महिला गरी चार हजार ६२० सदस्य रहेकाे जनाएको छ। प्रतिवेदनमा केन्द्रीय कार्यालयमा १८५ महिला र ६६५ पुरुष गरी ८५० संगठित सदस्य रहेकाे पनि उल्लेख छ।

छुटाउनुभयो की ?