मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 06 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

छिमेकीलाई बाधा पुग्ने गरी ध्वनि प्रदूषण गरे तीन लाखसम्म जरिवाना हुने उपत्यका प्रहरीकाे चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:२७:oo

नेपाल प्रहरीले फोन कल गर्दा आवाज कम गर्न आग्रह गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले जारी गरेको सार्वजनिक सूचनामा ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक रहेको भन्दै यसलाई न्यून पार्न सबैलाई सचेत रहन आग्रह गरेको  हो।

प्रहरीका अनुसार ध्वनि प्रदूषणले विशेष गरी गर्भवती महिला, मुटुका बिरामी, वृद्धवृद्धा र बालबालिकाको मानसिक, शारीरिक तथा शैक्षिक स्वास्थ्यमा गम्भीर असर पार्छ। साथै, यसले सर्वसाधारणको सामाजिक, आर्थिक गतिविधि र नैतिक मूल्यमा समेत नकारात्मक प्रभाव पार्ने बताइएको छ।

त्यस्तै, अबेर रातिसम्म म्युजिक बजाएर नाचगान नगर्न, टेलिभिजन वा साउन्ड सिस्टम ठुलो आवाजमा नचलाउन, ढोकाको बेल राति अनावश्यक रूपमा नबजाउन, संगीत अभ्यास गर्दा ध्वनि नियन्त्रण उपकरण प्रयोग गर्न र बिहान नित्यकर्मका क्रममा खोक्दा वा खकार्दा सचेत रहन सूचनामा उल्लेख गरेको छ ।

प्रहरीले ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थामाथि कानुनले तीन लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको जनाएको छ । साथै, टोल-छिमेकमा यस्तो गतिविधि भएमा १०० वा १०३ मा फोन गरेर जानकारी दिन पनि अनुरोध गरिएको छ।