मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १८ बुधबार
  • Wednesday, 03 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १८ बुधबार १८:५३:oo
Read Time : < 1 मिनेट
समाचार

अख्तियारको कर्मचारी बनेर एक करोड माग्ने दुई जना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १८ बुधबार १८:५३:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारी बनेर एक करोड माग्दै धम्काउने दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डोल्पा घर भएका २७ वर्षिय लक्ष्मण पनेरु र झापाका ५४ वर्षिय विनोद साहलाई काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो । 

एक व्यवसायीलाई फोन गरी पनेरुले आफु अख्तियारको कर्मचारी भएको र नक्कली नागरिकताको विषयमा उजुरी परेको भन्दै एक करोड माग गरेका थिए । त्यसरी फोन आएपछि ती व्यक्ति अख्तियार गएका थिए । अख्तियार जाँँँदा त्यहाँबाट फोन नगरेको खुल्यो । अख्तियारले नै छानविनका लागि प्रहरीलाई भनेपछि प्रहरीले फोन गर्ने पनेरु र उनलाई फोन गर्न लगाउने साहलाई पक्राउ गरेको हो । पैसा लिन भनेर कलंकी गएका बेला दुवै जना पक्राउ परेका हुन् । 

एसपी अंगुर जिसीका अनुसार घटनाका योजनाकार साह हुन् । साह र पीडितबिच चिनजान देखिन्छ । साहले पनेरुलाई त्यसरी धम्काएर फोन गर्न लगाएका थिए । पनेरु नेपाल कम्युनिष्ट पार्टीका पूर्व नेता हुन्। उनीहरुको एउटा फोर्ड फिगो कार र दुई लाख रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।