मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १८ बुधबार
  • Thursday, 04 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ १८ बुधबार o८:२३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कम उमेरमै सफलता चुमेकी टेबलटेनिसकी इभाना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १८ बुधबार o८:२३:oo

राष्ट्रिय र अन्तर्राष्ट्रिय टेबलटेनिसमा लगातार उत्कृष्ट प्रदर्शन गरेपछि इभाना यसपटक पल्सर स्पोर्टस् अवार्डको पिपल्स च्वाइसको मनोनयनमा परेकी हुन् । टेबलटेनिस मात्र नभएर अन्य खेलमा कम उमेरमा सफलता र चर्चा बटुल्ने थोरै खेलाडी नेपालमा छन् । यसमध्ये टेबलटेनिसकी इभाना पनि एक हुन् ।

उनी अहिले टेबलटेनिस वरीयताको दोस्रो स्थानमा छिन् । १७ वर्षको उमेरमै इभानालाई नेपाली महिला टेबलटेनिसको भावी स्टार खेलाडीका रूपमा हेरिएको छ । गत वर्ष ओलम्पिकका लागि दक्षिण एसियाली टेबलटेनिसको अन्तिम छनोटमा उनले प्रतिस्पर्धा गरेकी थिइन् । छनोटमा नेपालबाट पुरुष र महिला विधामा शीर्ष दुई–दुई खेलाडीले भाग लिएका थिए । महिलातर्फ इभाना पनि थिइन् ।

नेपालका शीर्ष २० खेलाडी सहभागी भएको छनोट प्रतियोगिताको शीर्ष दुईमा रहेर उनी ओलम्पिकको अन्तिम छनोट खेल्न योग्य भइन् । उनले बंगलादेश र श्रीलंकाकी खेलाडीलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरिन् । तर, उनी सेमिफाइनलबाटै बाहिरिइन् । इभाना ओलम्पिकमा छनोट हुन नसक्दा न्यास्रो लागेको बताउने गर्छिन् । ‘अबको सपना सन् २०२८ को लस एन्जल्स ओलम्पिक हो । छनोट भएरै खेल्छु भन्ने आत्मविश्वास छ,’ उनले भनिन् । 

इभाना ओलम्पिक छनोटलगत्तै दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा खेल्न श्रीलंकाको क्यान्डी पुगेकी थिइन् । उनले बियन्का राईसँग मिलेर यू–१९ डबल्समा नेपाललाई रजत पदक दिलाइन् । यसैगरी, गत वैशाखमा नेपालमा भएको दक्षिण एसियाली युथ टेबलटेनिसमा पनि उनले महिला डबल्स र टिममा रजत हात पारिन् । 

पिपुल्स च्वाइस अवार्डमा दाबेदारी
दुई वर्षअघि टेबलटेनिसकी सिक्का सुवालले पिपल्स च्वाइस अवार्डको उपाधि जित्दा इभानाले पनि सो अवार्ड जित्ने सपना देखेकी थिइन् । २९ भदौमा हुने पल्सर स्पोर्टस् अवार्ड २०८१ मा उनले आफ्नो सपना साकार पार्न सक्छिन् । पिपल्स च्वाइसमा मनोनयमा पर्दा उनले केही दबाब महसुस गरेको बताइन् । ‘अहिलेसम्म पिपल्स च्वाइसको इतिहासमै टेबलटेनिसका चार खेलाडी नविता श्रेष्ठ, स्यान्टु श्रेष्ठ, एलिना महर्जन र सिक्का सुवाल मनोनयनमा परेका छन् । सबैले उपाधि जिते । त्यसैले यस विधामा टेबलटेनिसको यो वर्चस्वलाई कायम राख्न सक्छु कि सक्दिनँ भनेर नर्भस अवश्य छु,’ उनले भनिन् । उनले यसपटक फुटबलकी रेखा पौडेल, क्रिकेटरकी पूजा महतो, भलिबल खेलाडी हिमाल सुनारी र उसुका विजय सिन्जालीजस्ता खेलाडीलाई पार लगाउनुपर्नेछ ।

छुटाउनुभयो की ?