मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 02 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:२८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सामसङको ‘दसैँको मुड, सबै गुड’ अफर घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:२८:oo

सामसङ नेपालले ‘दसैँको मुड, सबै गुड’ सार्वजनिक गरेको छ । २५ भदौदेखि २४ असोजसम्म सञ्चालन हुने अफरमा ग्राहकले इन्स्टन्ट क्यासब्याक र उपहार पाउनेछन् । साथै, नेपालका अधिकृत खुद्रा साझेदारमार्फत अपग्रेड–एक्सचेन्ज सुविधा पनि उपलब्ध गराइएको छ । विभिन्न सिरिजका सामसङ टिभीमा तीन वर्षको फुल वारन्टीका साथै नि:शुल्क प्रोफेसनल इन्स्टलेसन सुविधा छ । 

त्यस्तै, सामसङका सिंगल–डोर, डबल–डोर र साइड–बाई–साइड रेफ्रिजेरेटरमा १९% सम्म इन्स्टन्ट क्यासब्याक दिइएको छ । छानिएका सात सय लिटर साइड–बाई–साइड मोडेल किन्दा माइक्रोवेभ ओभनको उपहार पनि पाउने कम्पनीले जनाएको छ । टप–लोड र फ्रन्ट–लोड वासिङ मेसिनमा २४ प्रतिशतम्म इन्स्टन्ट क्यासब्याक प्राप्त गर्नेछ । 

त्यस्तै, टप–लोड (सात केजीभन्दा माथि) वा नौ केजी फ्रन्ट–लोड किन्दा सर्फ एक्सेल म्याटिक एक केजी र आठ केजीभन्दा माथिका फ्रन्ट–लोड मोडेलमा सर्फ एक्सेल म्याटिक ६ केजी उपहार पाइनेछ । रेफ्रिजेरेटर र वासिङ मेसिनमा डिआइटीमा २० वर्षको वारन्टी दिइनुका साथै सबै मोडेलमा नि:शुल्क इन्स्टलेसन उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

छुटाउनुभयो की ?