मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 02 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:१o:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

कृषिविज्ञ कृष्णप्रसाद पौडेललाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:१o:oo

दुग्ध किसानको दुई अर्बभन्दा बढी रकम कसरी बक्यौता रह्यो ?
संसारमै सबैभन्दा हेपिने, छेउ पर्ने मान्छे किसान नै हुन् । मजदुरहरूको ट्रेड युनियन हुन्छ । त्यसैले उनीहरू शक्तिशाली हुन्छन् । उनीहरूले मेसिन चलाइदिएनन् भने उद्योग ठप्प हुन्छ । यातायात मजदुरले दुई–चारवटा गाडी सडकमा तेस्र्याइदिए भने सडक ठप्प हुन्छ । तर, असंगठित क्षेत्र भएकाले किसानले आफ्नो अधिकारका लागि आन्दोलन गर्न सक्दैनन् । उनीहरूले आफ्नो उत्पादनको मूल्य आफैँ तोक्नसमेत पाउँदैनन् । प्राकृतिक उत्पादनका कारण लामो समयसम्म सुरक्षित नहुने भएकाले आफ्नो उत्पादन बिक्रीका लागि किसान बिचौलियाको शरणमा नपरी सुखै छैन । जुनसुकै कृषि उपजका उत्पादक भए पनि जताबाट पनि ठगिने किसान नै हुन् । बिहान ४ बजेदेखि राति ११–१२ बजेसम्म कृषिकर्ममै व्यस्त हुने वास्तविक किसानको प्रतिनिधित्व उनीहरूका नाममा खुलेका विभिन्न संघ, संगठनमा छैन । संगठनमा प्रतिनिधित्व गर्नेहरूले पनि किसानका पक्षमा विवेक पुर्‍याइदिएनन् । जसले गर्दा किसानका उत्पादनको बक्यौता थपिँदै गयो र त्यो अर्बौंको आँकडामा पुग्यो ।

आफूले बेचेको दुधको बक्यौता उठाउन यति ठुलो सकस किन भइरहेको होला ?
सरकारी तथा निजी डेरी व्यवसायीले आफ्ना उत्पादन स्टक रहेको बहानामा किसानको दुधको मूल्य भुक्तानी गरिरहेका छैनन् । बिचौलियाले यही बक्यौता देखाएर राज्य र व्यवसायीलाई तर्साउने काम गर्दै आएका छन् । उनीहरूले किसानको हितमा भन्दा आफ्नो स्वार्थअनुसार किसानका मुद्दालाई बल्झाउने या अल्झाउने गर्दै आएका छन् । यसैले गर्दा बक्यौता उठाउन सकस भइरहेको हो ।

बारम्बार बल्झिरहने यो समस्याको समाधान केही छैन ?
राज्य सञ्चालकको मति सुध्रिएन भने यो समस्याको समाधान निस्किन कठिन छ । सरकार चलाउनेहरूले बिचौलियाको स्वार्थ नहेरी वास्तविक किसानको समस्या हेर्न थालेको दिन यसको समाधान निस्किन्छ । 

छुटाउनुभयो की ?