मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १७ मंगलबार
  • Tuesday, 02 September, 2025
२o८२ भदौ १७ मंगलबार o८:३७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कीर्तिमानी रकममा इसाक लिभरपुलमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १७ मंगलबार o८:३७:oo
  • न्युकासलका स्ट्राइकर एलेक्जेन्डर इसाकलाई भित्र्याउन साबिक विजेता लिभरपुलले १२५ मिलियन पाउन्ड खर्च गर्‍यो । सन् २०२३ मा चेल्सीले मोइसेस काइसिडोका लागि ११५ मिलियन पाउन्ड खर्चेको थियो ।

साबिक विजेता लिभरपुलले सोमबार इंग्लिस प्रिमियर लिगकै कीर्तिमानी रकममा न्युकासल युनाइटेडका स्ट्राइकर अलेक्जेन्डर इसाकलाई अनुबन्ध गरेको छ । लिभरपुलले इसाकलाई भित्र्याउन १२५ मिलियन पाउन्ड खर्चेको बेलायती एजेन्सीले जनाएको छ । स्विडेनका अन्तर्राष्ट्रिय खेलाडी इसाक र लिभरपुलबिचको ६ सम्झौता पक्का भइसकेको छ । यसै साता इसाक लिभरपुलमा मेडिकल जाँचका लागि आउनेछन् । न्युकासलका अनुसार अन्तिम सम्झौता रकम १३० मिलियन पाउन्डसम्म पुग्न सक्छ ।

यसै महिनामा लिभरपुलले आफ्नो फिनिसिङ लाइन बलियो बनाउन इसाकलाई प्रारम्भिक चरणमा ११० मिलियन पाउन्डको प्रस्ताव राखेको थियो । उनले अस्वीकार गरेका थिए । २५ वर्षीय इसाकको सम्झौता ट्रान्सफर विन्डोको अन्तिम दिन समाप्त हुनेछ । यस सिजनमा लिभरपुलले नयाँ खेलाडी भित्र्याउन राम्रो लगानी गरेको छ । प्रिमियर लिगको २०२५/२६ को सिजनका लागि लिभरपुलले जर्मनीका अट्याकिङ मिडफिल्डर फ्लोरियन विट्र्जलाई १०० मिलियन पाउन्डमा सम्झौता गर्दैं आफ्नो क्लब ट्रान्सफर रेकर्ड तोडेको थियो । इसाक सन् २०२२ मा स्पेनिस क्लब रियल सोसिडाडबाट ६० मिलियन पाउन्डमा न्युकासलमा आबद्ध भएका थिए । उनले गत सिजन सबै प्रतियोगितामा गरी न्युकासलबाट ४२ खेलमा सर्वाधिक २७ गोल गरेका थिए ।

चेल्सीको रेकर्ड लिभरपुलले तोड्यो 
पछिल्लो समयमा लिभरपुल नयाँ खेलाडी भित्र्याउन आक्रामक रूपमा अगाडि बढिरहेको छ । इसाकसँगको अनुबन्धपछि लिभरपुलले चेल्सीको रेकर्डसमेत तोडेको छ । अब लिभरपुल कीर्तिमानी रकम खर्चेर खेलाडी भित्र्याउने इंग्लिस क्लब बनेको छ । सन् २०२३ को सिजनमा चेल्सीले खेलाडी ट्रान्सफर विन्डोमा मोइसेस काइसिडोका लागि ११५ मिलियन पाउन्ड खर्चेको थियो । यसै सिजनमा लिभरपुलले जर्मनीका मिडफिल्डर फलारिन विट्जलाई सय मिलियन पाउन्डमा भित्र्याएको थियो । सम्झौताअनुसार फलारिनले लिभरपुलबाट प्रतिवर्ष थप १६ मिलियन पाउन्ड पाउनेछन् । 

खर्चिलो क्लब लिभरपुल
लिभरपुलले योपटक युरोपियन प्रतियोगितामा दबदबा बनाउने योजना बनाएको बेलायती एजेन्सीले जनाएको छ । यसैकारण उसले इतिहासमै पहिलोपटक खेलाडी भित्र्याउन कीर्तिमानी रकम खर्च गर्‍यो समग्रमा लिभरपुलले अहिलेसम्म ४१६.२ मिलियन पाउन्ड खर्च गरिसकेको छ । यसअघि सन् २०२३ मा चेल्सीले ४०१.२ मिलियन पाउन्ड खेलाडीसँगको अनुबन्धमा खर्च गरेको थियो । 

अब इंग्लिस प्रिमियर लिगको इतिहासमा लिभरपुल अहिलेसम्मकै खर्चिलो क्लब बनेको छ । लिभरपुलले सातजना खेलाडी बिक्री गर्दै १९० मिलियन पाउन्ड आम्दानी गरेको छ । फुटबल इतिहासमा दुईपटक महँगो ट्रान्सफर भएका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले दुई खेलाडीका लागि कीर्तिमानी रकम खर्चेको छ । 

छुटाउनुभयो की ?