मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 02 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एससिओको पूर्ण सदस्यमा नेपालको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:४६:oo

नेपालले एससिओको पूर्ण सदस्यमा दाबी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको तियान्जिनमा आयोजित एससिओ सम्मेलनलाई सोमबार सम्बोधन गर्दै एससीओको मर्म र भावनामा ऐक्यबद्धता जनाए र नेपाललाई पूर्ण सदस्यता दिन अनुरोध गरे । चिनियाँ प्रधानमन्त्री सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत उपस्थित सम्मेलनमा प्रधानमन्त्री ओलीले बहुपक्षीयता, क्षेत्रीय सहयोग समावेशी विकासलाई प्रवद्र्धन गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताए । 

‘नेपालले सन् २०१६ देखि एससिओको संवाद साझेदार (डायलग पार्टनर)को रूपमा भूमिका निर्वाह गर्दै आएको छ । अब नेपाल एससिओको पूर्ण सदस्य बन्न इच्छुक छ र यहीअनुसार भूमिका निर्वाह गर्न चाहन्छ,’ प्रधानमन्त्री ओलीले भने । एससिओमा सहकार्य सुदृढ गर्न नेपालले आफ्नो ठाउँमा भूमिका निर्वाह गर्ने पनि प्रधानमन्त्रीको भनाइ थियो । 

‘हामी यस्तो युगमा बाँचिरहेका छौँ, जहाँ विज्ञान र प्रविधिमा ठुलो प्रगति भए पनि असमानता, द्वन्द्व र जलवायु संकटले त्यो प्रगतिलाई छायाँमा पारेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अब संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राखेर विश्व शासन प्रणालीलाई न्यायोचित, समावेशी र प्रभावकारी बनाउनु जरुरी छ ।’ 

 

 

छुटाउनुभयो की ?