मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १५ आइतबार
  • Monday, 01 September, 2025
२o८२ भदौ १५ आइतबार o७:२४:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपालको लक्ष्य एसियन कप खेल्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १५ आइतबार o७:२४:oo

नेपालका प्रशिक्षक नवीन न्यौपानेले एएफसी यू–२३ एसियन कप छनोट खेल्ने लक्ष्य रहेको बताएका छन् । नेपालले ३ देखि ९ सेप्टेम्बरसम्म ताजकिस्तानमा आयोजना हुने छनोट प्रतियोगिता खेल्दै छ । नेपाल रहेको समूह ‘के’मा आयोजक ताजकिस्तानसँगै सिरिया र फिलिपिन्स छन् । प्रशिक्षक न्यौपानेले मिडफिल्डर आयुष घलानलाई कप्तानीको जिम्मेवारी सुम्पिएका छन् । 

आयुष भर्खरै मात्र बंगलादेशको लिगमा अनुबन्ध भएका खेलाडी हुन् । नेपाली टोलीमा आयुषसँगै राष्ट्रिय टिमबाट खेलिसकेका मिडफिल्डर सुमित श्रेष्ठ, कृतिरत्न छुन्जु र स्ट्राइकर निरञ्जन धामी छन् । प्रशिक्षक न्यौपाने त्यसैले पनि छनोट हुने सम्भावना रहेको बताउँछन् । उनी तयारीसमेत बलियो भएको जानकारी गराउँछन् । ‘राष्ट्रिय टोलीका चार तथा घरेलु प्रतियोगिता खेलेका खेलाडी हुँदा तालमेल राम्रो छ,’ उनले भने, ‘तयारी समय लामो पाएको थिए । दोस्रो चरणमा पुर्‍याउने लक्ष्य छ ।’

उनी छनोटको बाटो भने सहज नभएको स्विकार्छन् । चुनौती स्वीकार गर्न तयार पनि छन् । ‘तीनै प्रतिद्वन्द्वी निकै राम्रा छन् । एसियामा उनीहरूको सहभागिता बलियो तर हामी पनि लामो समयदेखि अभ्यास गरिरहेकाले राम्रो चुनौती दिनेछौँ ।’ अखिल नेपाल फुटबल संघ (एन्फा)ले टोलीलाई शनिबार नै बिदाइ गरेको थियो । टोली आइतबार त्यसतर्फ प्रस्थान गर्दै छ । नेपाली टिमको गोलकिपरमा अनुभवी कृशल मोक्तान, अमित टमाटा र विशाल केसी छन् । 

यस्तै, डिफेन्डरमा विवेक गुरुङ, विशाल नेपाली, लाहन सुब्बा, निग्मा लामा, राम थापा, शंकर थारू, सेमान्ता थापा छन् । मिडफिल्डमा अभिषेक स्याङ्तान, आयुष घलान, एरोन थापा, निराज कार्की, दीपेश गुरुङ, कृतिश रत्न चुन्जु, पुजन थापा, सञ्जीव लामा, सन्तोष खत्री, सुजन मगर र सुमित श्रेष्ठलाई न्यौपानेले विश्वास गरेका छन् । फरवार्डमा रोहन खड्गी र निराजन धामीले मौका पाएका छन् । ‘लिग, फ्रेन्चाइज प्रतियोगिता र नकआउट प्रतियोगितामा खेलेका आधारमा खेलाडी छनोट गरेको छु । सबै खेलाडी उत्तिकै प्रतिभाशाली छन् ।’