
सप्तरीको महादेवा गाउँपालिकाका पूर्वअध्यक्ष अध्यक्ष एवं जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार दिपककुमार यादवको निधन भएको छ।
वडा नम्बर ३ बथनाहा निवासी उनी विगत एक वर्षदेखी क्यान्सर रोगबाट पीडित थिए। आइएलबीएस हस्पिटल दिल्लीमा उपचार गराउँदै आएका यादवको बुधबार दिउँसो विराटनगरस्थित आफ्नै निवासमा निधन भएको उनका छोरा अभिनव यादवले जानकारी दिए। उनका एक छोरा, एक छोरी र पत्नी छन्।
गाउँपालिकाले दियो शोक बिदा
महादेवा गाउँपालिकाले पूर्वअध्यक्ष अध्यक्ष यादवको निधनप्रति दुःख व्यक्त गर्दै बिहीबार शोक बिदा दिएको छ। गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डलले बुधबार शोक सन्देश जारी गर्दै गाउँपालिकाको समग्र विकास र सुशासनमा यादवले पुर्याएको योगदान सदैव स्मरणीय रहने जनाएका छन्।