
प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाए सडक संघर्षमा जाने चेतावनी दिएको छ ।
सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले राना मगरलाई महाभियोग लगाउन भन्दै सांसदहरूको हस्ताक्षर संकलन गरिरहँदा रास्वपाले यस्तो चेतावनी दिएको हो ।
रास्वपा प्रवक्ता मनीष झाले एक्समा यस्ताे लेखेका छन्
‘सुन्दै छौँ हस्ताक्षर संकलन हुँदै छ रे ! सामाजिक लडाइँ लड्दै आएका एक जनजातिकी छोरीलाई पदमुक्त गर्ने परिपञ्च रच्दै छन् रे !,’ रास्वपा प्रवक्ता मनीष झाले भनेका छन्, ‘यसको नाटक सदनमा रचियो भने जवाफ सडकले दिनेछ ।’
उनले प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई परिवार, आफन्त र बिचौलियालाई पद बेच्ने गरेको आरोपसमेत लगाएका छन् ।
परिवार, आफन्त र बिचौलियाको कोटालाई पद बेच्ने अभ्यास गरिरहेका ओली र देउवाका लागि यो समावेशिताको परिवर्तन सह्य भएन,’ झाले भनेका छन् ।