मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 19 August, 2025
Invalid date format १२:o८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनचाँदीको मूल्य घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:o८:oo

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा एक हजार दुई सय रुपैयाँले घटेर एक लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा एक लाख ९६ हजार तीन सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज १५ रुपैयाँले घटेर तोलामा दुई हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार प्रतितोला दुई हजार तीन सय १५ रुपैयाँमा कायम भएको थियो ।