मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 18 August, 2025
Invalid date format २२:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुख्यमन्त्री बानियाँले भने 'भगवान कृष्ण पहिलो गणतन्त्रवादी, अहिलेको व्यवस्था गरिब जनताको लागि'

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:३६:oo

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भगवान कृष्णलाई इतिहासकै पहिलो गणतन्त्रवादी भन्दै प्रशंसा गरेका छन् । मकवानपुरको थाहा नगरपालिकामा आयोजित ऐतिहासिक घैंटोफोर जात्रालाई सम्बोधन गर्दै उनले भगवान कृष्णले गरिब जनताको अधिकारका लागि राजा कंशविरुद्ध लडाइँ लडेर जनतालाई मुक्ति दिलाएकाले उनलाई गणतन्त्रवादीको रूपमा व्याख्या गर्न सकिने बताए ।

'भगवान कृष्ण जेलमा जन्मेर, सामान्य ग्वालाको जीवन बिताउँदै आफ्नै शक्तिशाली मामा राजा कंशविरुद्ध लडेर जनतालाई मुक्ति दिलाउनुभयो। त्यसैले मेरो बुझाइमा कृष्ण भगवान् एक गणतन्त्रवादी र गरिब जनताको प्रतिनिधि हुनुहुन्थ्यो,' मुख्यमन्त्री बानियाँले भने । उनले वर्तमान गणतान्त्रिक व्यवस्था पनि गरिब र सर्वसाधारण जनताको हितका लागि स्थापित भएको उल्लेख गर्दै कसैले यसप्रति गलत व्याख्या गर्नु भनेको त्यो व्यवस्था मन नपराउनेहरूको प्रतिक्रिया मात्र भएको बताए ।

मुख्यमन्त्री बानियाँले थाहा नगरको समग्र विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट गरे । चित्लाङ–गणेशमान मार्ग र कलंकी–कुन्छाल सडक स्तरोन्नति हुँदै गरेको जानकारी दिंदै उनले थाहा नगरको पर्यटन प्रवर्द्धन, ‘विकास घर’को संरक्षण तथा पुनर्निर्माण, सीसीटीभी जडान, बजार व्यवस्थापन लगायतका क्षेत्रमा प्रदेश सरकारले बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।