मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३१ शनिबार
  • Saturday, 16 August, 2025
२o८२ श्रावण ३१ शनिबार १o:o८:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

बीवाईडीले पोखरामा खोल्यो आफ्नो २० औँ सोरुम

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ३१ शनिबार १o:o८:oo

 विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीले पर्यटकीय नगरि पोखरामा आफनो २० औ सोरुम संचालनमा ल्याएको छ । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले पोखरा महानगरपालिका वडा नम्बर १० स्थित बुद्ध चोकमा थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सुविधा सहितको नयाँ सोरुम शुक्रबारदेखि संचालनमा ल्याएको हो ।

सोरुमको पोखराका मेयर धनराज आर्चायले उद्घाटन गरेका थिए । पोखरामा आफनो २० औ सोरुम संचालन सगै कार्यक्रममा ‘बीवाईडी सिलायन ७’ सार्वजनिक समेत गरिएको थियो । उद्घाटनपछि मेयर आर्चायले पोखरा पर्यटनको राजधानी शहर समेत रहेकाले यस्ता विद्युतीय सवारी साधन प्रयोगले पोखरासँगै यस क्षेत्रको वातावरण स्वच्छ र सुन्दर बनाउन सहयोग गर्ने बताए । उनले पोखरामा व्यवसायका लागि आउने व्यवसायीहरुलाई व्यवसायिक वातावरण निमार्णका लागि महानगरको साथ र सहयोग रहने बताएका ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए ।   

पश्चिमी क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउने उदेश्यसहित नयाँ सोरुम संचालनमा ल्याएको कम्पनीले जनाएको छ । साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठका अनुसार बीवाइडीको नवीनतम कर्पोरेट आइडेन्टिटी÷भिजुअल आइडेन्टिटी मापदण्ड अनुसार पूर्ण रुपमा अपडेट गरि सोरुम संचालनमा ल्याइएको जानकारी दिए । १२ हजार ८ सय ४५ वर्ग फिट क्षेत्रमा फैलिएको सोरुममा थ्रीएस सँगै आवश्यक अन्य सबै सुविधाहरु ग्राहकहरुले एकै स्थानबाट प्राप्त गर्ने जानकारी दिए ।

सोरुम सगै जोडिएको अत्याधुनिक सर्भिस सेन्टरले बिक्री पछिको सेवा प्रणालीलाई थप प्रभाबकारी बनाउने र यस्ले बीवाईडीको विश्वव्यापी सेवा उत्कृष्टता मापदण्डसँग पूर्ण रुपमा मेल खाने सुनिश्चित गने श्रेष्ठले बताए । दीर्घकालीन व्यापार नीतिको प्रमुख बजारको रुपमा लिएर पोखरामा नयाँ सोरुम र प्रिमियम गुणस्तरका उत्पादनहरुको सुरुवात सगै ग्राहकहरुलाई उत्कृष्ट सेवा दिने आफुहरुको पहिलो ध्यय र लक्ष्य रहेको बताए । 

सिलायन ७ को शुभारम्भ                                                                                                                                                                                नयाँ सोरुम संचालन सगै बीवाइडी सिलायन ७ समेत सार्वजनिक गरिएको थियो । अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र उच्च सुरक्षासहित निमार्ण गरिएको सिलायन ७ ले प्रतिस्पर्धी नेपाली बजारमा बलियो उपस्थिति जनाउने अध्यक्ष श्रेष्ठले जानकारी दिए।आधुनिक र फ्यूचरिस्टिक डिजाइनमा निमार्ण गरिएको गाडीमा क्लोज्ड अफ ग्रिल, एग्रेसिभ कट र क्रिज लाइनसहितको फ्रन्ट बम्पर, १९ इञ्चको ड्युअल टोन र २० इन्चको अलोय ह्विल, फ्लस टाइप डोर ह्यान्डल र ब्ल्याक रग्ड क्लेडिङ जस्ता विशेषता रहेका छन् ।

रियर भागमा कनेक्टेड एलईडी टेललाइट र पिक्सल डिजाइन एलिमेन्ट रहेको गाडीमा ब्ल्याक रियर बम्पर र फग ल्याम्पले डिजाइनलाई थप परिष्कृत बनाएको गाडीमा ११ वटा एयरब्याग, ३सय ६० डिग्री क्यामरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, फ्रन्ट तथा रियर पार्किङ सेन्सरलगायतका सुरक्षा फिचर रहेका छन् । एडभान्स ड्राइभर असिस्ट्यान्स सिस्टम (एडीएएस) अन्तर्गत रियर कोलिजन वार्निङ, अडाप्टिभ क्रुज कन्ट्रोल लगायतका स्मार्ट सुरक्षा फिचर समेत गाडीमा उपलब्ध रहेका छन् ।

५८ लिटरको फ्रन्ट ट्रंक र ५२० लिटरको बुट स्पेस रहेको गाडीको पछाडिको सिट फोल्ड गरेर विस्तार गर्न सकिने, इन्टेरियरतर्फ १५.६ इञ्चको रोटेबल टचस्क्रिन, १०.२५ इञ्चको डिजिटल ड्राइभर डिस्प्ले, १२ स्पिकर साउन्ड सिस्टम, प्यानोरोमिक सनरुफ, हेड–अप डिस्प्ले, हिटिङ र भेन्टिलेसनसहितको सिट, ५० वाट वायरलेस चार्जर, पावर्ड टेलगेट र कनेक्टेड कार टेक जस्ता फिचरहरु रहेका छन् । 

दुई फरक भेरिएन्ट प्रिमियम र परफर्मेन्समा उपलब्ध छ । प्रिमियम रियर ह्विल ड्राइभ भेरिएन्टले ३१३ एचपी पावर र तीन सय ८० एनएम टर्क प्रदान गर्छ र ०–१०० किमी प्रतिघण्टा गति समात्न ६.७ सेकेन्ड समय लिन्छ भने परफर्मेन्स अल ह्विल ड्राइभ भेरिएन्टले पाँच सय ३० एचपी पावर र ६९० एनएम टर्क उत्पादन गर्छ र ०–१०० किमी प्रतिघण्टा गति लिन ४.५ सेकेन्ड मात्रै लाग्छ । फुल चार्जमा प्रिमियमले ५६७ किमी र परफर्मेन्सले ५४२ किमीको रेन्ज प्रदान गर्ने बताईएको छ । 
सिलायन–७ एसयूभीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर अर्ली बर्ड अफरको रुपमा कम्पनीले हाल यसको मूल्य ७२ लाख ९९ हजार रुपैयाँ कायम गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।