मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 16 August, 2025
Invalid date format o९:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लामिडाँडा खण्डमा ढुंगा र रुख खस्दा त्रिभुवन राजपथ अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:o२:oo

मकवानपुरको उत्तरी क्षेत्र दामन पालुङ हुँदै हेटौंडालाई काठमाडौंसँग जोड्ने त्रिभुवन राजपथ अवरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ९ लामिडाँडास्थित त्रिभुवन राजपथ सडकखण्डमा गएराति पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

मकवानपुर प्रहरीका अनुसार गएराती करिब १२: १५ बजेतिर सडक माथिबाट ठूलो मात्रामा ढुंगा र रुखसहितको पहिरो खसेर दुवैतर्फ आवतजावत रोकिएको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी भैसेको प्रहरी टोली घटनास्थलमा खटिएको मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

स्थानीय पालिका र सडक विभागसँग समन्वय गरी अवरुद्ध सडक खुलाउने कार्य भइरहेको उनको भनाइ छ । अहिले सडक अवरुद्ध भएकाले सो मार्ग हुँदै यात्रा गर्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रवक्ता अर्यालले आग्रह गरे ।