मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 12 August, 2025
Invalid date format १४:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरमा जंगली च्याउ खाँदा आठजना बिरामी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५३:oo

उदयपुरको चौदण्डीगढी नगरपालिका– ९, अजगरामा जंगली च्याउन खाँदा आठजना बिरामी परेका छन् । इलाका प्रहरी कार्यालय बेलटारका प्रमुख इन्स्पेक्टर बबिन राईका अनुसार एकै घरका सदा समुदायका परिवार बिरामी परेका हुन् ।

उनले जंगली च्याउ खाएर बिरामी हुनेहरूमा वर्ष ८५ की गवनी सदा, वर्ष ६० की गीता सदा, वर्ष ३१ की सञ्जु सदा, वर्ष २९ की मञ्जु सदा, वर्ष २९ की सरिता सदा, वर्ष १० की सन्ध्या सदा, वर्ष ११ की सन्जा सदा र वर्ष ५५ का लल्कु सदा रहेकाे जानकारी दिए । 

उनले जंगली च्याउ खाएर बिरामी पर्ने गवनी सदा, गीता सदा र सरिता सदाको अवस्था गम्भीर भएकाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको जानकारी दिए । उनले भने, ‘बाँकी पाँचजनाको नगर अस्पताल बेलटारमै उपचार जारी छ ।’ सदा परिवारले मंगलबर बिहानी घरनजिकैबाट जंगली च्याउ ल्याएर खाएको र अचानक  बान्ता हुन थालेपछि चौदण्डीगढी आधारभूत नगर अस्पताल बेलटार भर्ना गरेपछि घटनाको रहस्य खुलेको थियो ।