
प्रहरी प्रधान कार्यालयले हालै बढुवा भएका ११ एसपीको जिम्मेवारी तोक्दै नौ एसपीको सरुवा गरेको छ । गत साता बढुवा भएका एसपीलाई पदस्थापन गरिएको हो।
त्यस्तै, नौ एसपीको जिम्मेवारी हेरफेर भएको छ । जसअनुसार बर्दियामा सरोज पौडेल, धादिङमा भेषराज रिजाल, राजन चापागाईं र तनहुँमा टेकबहादुर कार्की क्षेत्रीलाई पठाइएको छ । बर्दिया र धादिङका एसपीको पद रिक्त थियो । तनहुँ र उदयपुरका एसपीको एक वर्ष अवधि पुगेकाले सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।