
राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई स्थानान्तरण गर्न रोकिएको सम्बन्धमा गम्भीर चासो व्यक्त गरेको छ ।
आज भैरहवा कारागारमा पुगेर रविलाई भेटेपछि आयोगकी सदस्य लिली थापाले यो गम्भीर विषय भएको बताइन् ।
उनले भनिन्, ‘उहाँले कारागार सरुवाका लागि निवेदन दिएर अदालतले पनि अनुमति दिइसकेको रहेछ । तर, के कारणले हो अहिलेसम्म सरुवा गरिएको छैन । यो गम्भीर विषय हो ।’
थापाले यस विषयमा काठमाडौँ गएर कारागार व्यवस्थापन विभागसँग छलफल गर्ने पनि जानकारी दिइन् ।