
गाईजात्राको भोलिपल्ट पाटनमा आज मतयाः यात्रा मनाइएकाे छ। नेपाल भाषामा मतयाःको अर्थ ‘दीपयात्रा’ भन्ने हुन्छ।
मतयाःको स्वागतका लागि पाटनका मानिसहरू केही रातअघिदेखि नै बाजागाजाका साथ सहर परिक्रमा गर्छन्। यात्रामा सहभागीहरूले पाटनभरिका करिब एक हजार चार सय धार्मिकस्थलको परिक्रमा गर्नुपर्छ।
बिहानै सुरु हुने यो यात्राको नेतृत्व विशेष पुजारीले गर्छन्। यात्रामा सहभागीमध्ये कोही परम्परागत बाजा बजाउँछन्, कोही मैनबत्ती बाल्छन् भने कोही राक्षसको भेषमा सजिएर हिँड्छन्।
यात्राका क्रममा भक्तजनहरूले आफ्नो क्षमताअनुसार चैत्यहरूमा चामल, फूल र पैसा चढाउँछन्।
हेर्नुस् तस्बिरहरू :