मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 10 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:४९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

माइडियाका एआई प्रविधियुक्त एयर प्युरिफायर सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:४९:oo

सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको होम अप्लायन्स ब्रान्ड माइडियाले दुई अत्याधुनिक एयर प्युरिफायर (हावा शुद्धीकरण) सार्वजनिक गरेको छ । कम्पनीले केजे–५००जी–एफ–११ र केजे–४००जी–जेड–वन प्रो नेपाली बजारमा सार्वजनिक गरेको हो । यी मोडेल स्वचालित प्रविधि र उच्च प्रभावकारी शुद्धीकरण क्षमतासहित घर, अफिस र व्यावसायिक स्थानका लागि उपयुक्त हुने बताइएको छ । 

नेपालका तराई, पहाड र सहरको भौगोलिक र मौसमीय अवस्थालाई लक्षित गरी विशेष प्रविधिसहित तयार गरिएका छन् । यसमा रहेको एआईजडित स्मार्ट सेन्सिङ प्रणालीले वरपरको प्रदूषण स्तरको मूल्यांकन गरी स्वत: आफ्नो कार्यक्षमता समायोजन गर्ने कम्पनीको दाबी छ । 

त्यस्तै, आवश्यक हावा गुणस्तर प्राप्त भएपछि, उपकरण ऊर्जा बचत र फिल्टरको दीर्घायु सुनिश्चित गर्दै सन्तुलित मोडमा चल्ने बताइएको छ । साथै, पराग, धुलोलगायत सूक्ष्म कण हटाउने उच्चस्तरीय फिल्टरका साथै हानिकारक ब्याक्टेरिया एवं भाइरस नष्ट गर्ने उन्नत प्रणाली जडान गरिएको छ ।