Skip This
विपिन जोशीकाे परिवार सोमबार इजरायल आउँदै
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 08 August, 2025
Invalid date format १२:१३:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विपिन जोशीकाे परिवार सोमबार इजरायल आउँदै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१३:oo

२३ असोज ०८० (७ अक्टोबर २०२३)मा हमास समूहको अपहरणपछि प्यालेस्टाइनको गाजामा बेपत्ता पारिएका भीमदत्त नगरपालिका– ३, कञ्चनपुरका विपिन जोशीको परिवार इजरायल आउने भएको छ । विपिनकी आमा र बहिनी अर्को साता इजरायल आउने निश्चित भएको इजरायलस्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।

उनीहरूले विपिन अपहरणमा परेको तथा १० नेपालीले ज्यान गुमाएको इजरायलको दक्षिण क्षेत्र आलुमिम किबुज भ्रमण गर्ने र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलगायत उच्च अधिकारीसँग भेट गर्ने कार्यक्रम छ । ‘अर्को साता उहाँहरू (विपिनकी आमा र बहिनी) आउने जानकारी पाएको छु,’ जाजदुर पण्डितले तेलअभिभमा नयाँ पत्रिकासँग भने, ‘थप विवरण आइपुगेको छैन ।’

हमासको हमलामा १० नेपालीले ज्यान गुमाएको र विपिन अपहरणमा परेको ठाउँ आलुमिम अहिले पनि उडाज र सुनसान छ । बुधबार त्यस क्षेत्रमा पुग्दा चकमन्न थियो । एउटा गाई फारम थियो । त्यहाँ एम्बुलेन्सचालक खायाम पनि भेटिए । हमासको हमलामा घाइते भएका नेपालीलाई उनैले अस्पताल पुर्‍याएका थिए । भावुक हुँदै खायामले भने, ‘१० जाना इमानदार नेपाली भाइहरू मारिए । हामीले बचाउन सकेनौँ, धेरै दुःखी छौँ ।’ 

विपिन जोशी अपहरणमा परेको ठाउँ 

हमासको हमलामा घोडाघोडी– ४, कैलालीका नारायणप्रसाद न्यौपाने, जयपृथ्वी– ६, बझाङका गणेशकुमार नेपाली, बौनियाँ– ३, कैलालीका आशिष चौधरी, लेकम– ५, दार्चुलाका दीपेशराज विष्ट, पचनाली– ३, डोटीका राजन फुलारा, लामिखाल– ८, डोटीका पदम थापा, शारदा– ३, सल्यानका प्रवेश भण्डारी, मालिकार्जुन– ४, दार्चुलाका लोकेन्द्रसिंह धाँमी, सपही– ६, धनुषाका आनन्द साह र मधुवन– १, सुनसरीका राजेशकुमार स्वर्णकारको मृत्यु भएको थियो । 

विपिन जोशीसहित नेपालीमाथि हमला भएको ‘सेफ हाउस’ खासमा सुरक्षित नरहेको स्थलगत रिपोर्टिङमा देखियो । ढोका नलाग्ने भुइँतले एउटा सानो कोठा असुरक्षित देखिन्थ्यो । त्यसो त त्यहाँ बसेका इजरायली वा विदेशी नागरिक कोही पनि सुरक्षित थिएनन् । हमास समूहको आक्रमणमा त्यहीँ बसेकामध्ये कोही ढले, कोही घाइते भए ।

विपिनलाई अपहरण गरेर तीन किलोमिटर सीमापारि पुर्‍याएका थिए । आलुमिमबाट १ हजार ८ सय मिटर पारिपट्टि हमास शासित प्यालेस्टाइनतर्फ लगिएका उनको अवस्था अज्ञात छ । आक्रमणकै दिन गाजाको अस्पतालमा लगिएको भिडियोबाहेक विपिनबारे कोही जानकार छैनन् । ‘विपिनको अवस्थाबारे इजरायलको डिफेन्स फोर्सलगायत कसैलाई पनि ज्ञात छैन । हमासले पनि केही भनेको छैन । केवल आशा मात्रै बाँकी छ,’ राजदूत पण्डितले भने । सुदूरपश्चिम विश्वविद्यालयबाट बिएससी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत ११ महिनाका लागि इन्टर्न गरिरहेका विद्यार्थी हमासको हमलामा परेका थिए । ४९ जनाको समूह २७ भदौमा नेपालबाट इजरायल आएको थियो ।

उजाड बस्तीको मार्मिक कथा 
हमासको आक्रमणमा १२ सय मारिएपछि सीमावर्ती दुई गाउँनिर ओज र आलुमिम खाली बनेको छ । बस्तीमा पुग्दा घरमा मान्छे थिएनन् । परिवारका तस्बिर र केटाकेटीका खेलौना यत्रतत्र छरिएका थिए । खाली भएका घरमा, चोकमा मारिएका र बेपत्ता भएका मानिसहरूको तस्बिर थियो । कुकुर, बिराला घर मालिकको प्रतीक्षामा देखिन्थे । यस्ता दृश्य देखेर बस्तीमा पुर्‍याइदिने स्थानीय पनि उदास थिए । 

गाजापट्टीतिर लगिएका नेपाली विपिन जोशीसहित ५० इजरायलीको खोज भइरहेको छ । तर, खबर छैन । निर ओज बस्तीमा घरैपिच्छे पहेँला रंगका झन्डा थिए ।

पहेँलो झन्डामा रातो, निलो र कालो स्टिकर थियो । रातोको अर्थ हमासले लगेका मानिसको हत्या भएको, निलोको अर्थ जीवितै उद्धार भएको र कालोको अर्थ गाजापट्टीमा बन्धक रहेको भनेर बुझाइएको नेपालस्थित इजरायली दूतावासका सल्लाहकार रही काम गरिसकेका नदाफ बेन यहुदाले बताए ।

बरको छहारीमुनि बसेर कुरा गरिरहँदा उनी नेपाल सम्झिरहेका थिए । एकाएक भावुक हुँद उनले भने, ‘म नेपाल जान चाहन्छु । तर एक्लै होइन, विपिन भाइलाई पनि लिएर जान चाहन्छु ।’ हमासले आक्रमण गरेको उक्त घटनामा उनका भाइ पनि मारिएका थिए । त्यसपछि उनी इजरायली सेनामा प्रवेश गरे । अहिले विशेष फोर्सका क्याप्टेन छन् । 

निर ओज कम्युनजस्तो रहेछ । त्यहाँका मानिसहरू बेग्लाबेग्लै घरमा बस्ने, कृषिकर्म गर्ने, तर सामूहिक रूपमा खाने गर्दा रहेछन् । ७ अक्टोबर २०२३ मा सामूहिक भान्साघरमाथि हमला भएछ ! पर्खाल र झ्यालमा गोलीका निसान जीवितै छन् । जलाइएका सामान एउटा कोठामा छन् । 

त्यहाँ भेटिएका स्थानीय इफ्ताख कोहेनले भने, ‘कस्तो राम्रो वातावरण थियो गाउँको, ऐँचोपैँचो चल्ने ग्रामीण परिवेश थियो । एकैदिनमा सबै उजाड भयो ।’ ४७० मानिस बस्ने निर ओजमा एक चौथाइ बाँकी भए । चारजना गाजामा बन्धक छन् । 
उजाड बनेको भान्साघरमा कुरा गर्न आइपुगे विजय राई । उनी त्यहाँ दुई वर्षदेखि कृषिकर्ममा छन् । खोटाङका राई इजरायली पत्नी र तीन छोराछोरीसहित ०६१ देखि नै यहाँ छन् । उनी इजरायलको नागरिक भैसके । श्रीमती शिक्षिका रहिछन् । आफ्नै आँखाअगाडि ढलेका साथी र परिवार सम्झेर उनी भावुक बने ।