Skip This
प्राविधिक शिक्षातर्फ शिक्षालयहरूले प्रभावकारी भूमिका खेल्नुपर्छ : मुख्यमन्त्री आचार्य
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २३ शुक्रबार
  • Friday, 08 August, 2025
२o८२ श्रावण २३ शुक्रबार १९:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्राविधिक शिक्षातर्फ शिक्षालयहरूले प्रभावकारी भूमिका खेल्नुपर्छ : मुख्यमन्त्री आचार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २३ शुक्रबार १९:२२:oo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राविधिक शिक्षाले रोजगारीको सुनिश्चितता गर्ने भएकाले यसतर्फ शिक्षालयहरूले थप प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखेका छन्।

कोरिया–नेपाल बहुप्राविधिक शिक्षालय, तामनगर रुपन्देहीको शुक्रबार अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले प्राविधिक धारतर्फ विद्यार्थीलाई आकर्षित गर्न सकिने गरी कार्यक्रम र वातावरण तयार गर्न शिक्षालयहरूलाई आह्वान गरेका हुन्।

‘प्राविधिक विषयको अध्ययन गरेपछि बेरोजगार बस्नुपर्दैन। कसैले रोजगारी पाउँछ, कसैले आफैँ उद्यम सुरु गर्छ। त्यसैले विद्यार्थीलाई सिप सिकाउने कार्यमा शिक्षालयहरू अझ सक्रिय हुन जरुरी छ,’ उनले भने, ‘सिपयुक्त व्यक्ति कहिल्यै भौँतारिरहनुपर्दैन। ऊ जुनसुकै स्थानमा भए पनि पेसा, व्यवसाय वा उद्यममार्फत जीवन निर्वाह गर्न सक्षम हुन्छ।’

मुख्यमन्त्री आचार्यले शिक्षालयहरूलाई अध्यापन गराइने विषय र हासिल गरिएका उपलब्धिबारे व्यापक प्रचारप्रसार गर्न निर्देशन दिए। ‘हामीले गरेका कामबारे जनतालाई जानकारी दिन जरुरी छ। विद्यार्थीलाई आकर्षित गर्न प्रचारप्रसार मुख्य माध्यम हो,’ उनले भने।

उनले प्रदेश सरकारले प्राविधिक शिक्षालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै शिक्षालयहरूलाई पनि सोहीअनुरूप शिक्षण प्रक्रियालाई तीव्र बनाउन आग्रह गरे।

शिक्षालयका प्रमुख नवीनकिशोर गैह्रेले पछिल्ला दिनमा विद्यार्थी संख्या घट्दै गएको र विद्यार्थीलाई थप आकर्षित गर्ने गरी भूमिका बढाउन थालिएको जानकारी  दिए। शिक्षालयका विद्यार्थीले प्रयोगात्मक कक्षामा दुनाटपरी बनाउने औजारदेखि पनिर च्याप्ने उपकरणसम्मको निर्माण गरेका छन्। तयार पारिएका उपकरणबारे अनुगमनको क्रममा चर्चा गरिएको थियो।

मुख्यमन्त्री आचार्यले शिक्षालयको निरीक्षण गर्दै अध्ययन–अध्यापनलाई अझ प्रभावकारी बनाउन, विद्यार्थीको मागअनुसार नयाँ विषय थप गर्न र अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनतर्फ अघि बढ्नुपर्नेमा जोड दिए।

शिक्षालयमा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ, यान्त्रिक इन्जिनियरिङ, रेफ्रिजेरेसन तथा एयर कन्डिसनिङ, सूचना प्रविधि इन्जिनियरिङलगायत विषयमा पढाइ हुँदै आएको छ।