मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २१ बुधबार
  • Wednesday, 06 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २१ बुधबार १६:२१:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘बलिदान’का चार क्यारेक्टर पोस्टर सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २१ बुधबार १६:२१:oo

यो वर्षको बडादसैँको फूलपातीमा रिलिज हुने तयारीमा रहेको चलचित्र ‘बलिदान’ले चार मुख्य पात्रहरूको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक पोस्टरमार्फत कलाकारहरू अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी र सन्तोष सेनको भूमिकालाई प्रस्तुत गरिएको छ।

चलचित्रको निर्देशकसमेत रहेका सन्तोष सेनका अनुसार टिजर सार्वजनिक हुनुअगावै चलचित्रका केही विशेष पात्रहरूमध्ये कथामा गहिरो प्रभाव छोड्ने यी अनुहारहरूलाई पहिलोपटक दर्शकसामु प्रस्तुत गरिएको हो। 

चलचित्रमा फरक र प्रभावशाली भूमिकामा देखिएका कलाकारहरूमध्ये हेमन्त बुढाथोकी सयौँ चलचित्रमा खलनायकको रूपमा आफ्नो गहिरो छवि बनाइसकेका अनुभवी कलाकार हुन्। निर्देशक सेनले हेमन्तको भूमिकाबारे उल्लेख गर्दै भनेका छन्, ‘उनको उपस्थितिले पर्दामा मात्र होइन, कथाको हड्डी नै काँप्छ।’

त्यस्तै, संवेदनशील र गहिरा भूमिकामा आफूलाई साबित गरिसकेका अभिनेता अर्पण थापाको पात्रबारे निर्देशकले भने, ‘जसको आँखाबाट शब्दहरू बोल्छन् र चरित्रको पीडा, विद्रोह र सत्यता दर्शकले महसुस गर्नेछन्।’

अभिनेत्री ऋचा शर्मा चलचित्रमा एक फरक तरिकाले समाजको प्रतिनिधित्व गर्ने भूमिकामा देखिनेछिन्। निर्देशकका अनुसार उनी प्रत्येक संवादमा जीवनको असल मर्म उजागर गर्ने पात्र हुन्। निर्देशक सेन आफैँ पनि चलचित्रको एक प्रभावशाली भूमिकामा प्रस्तुत हुनेछन्। 

यसअघि चलचित्रका प्रमुख अभिनेता समीर भट्ट र अभिनेत्री कविता रायको क्यारेक्टर पोस्टर सार्वजनिक भइसकेको छ। त्यस्तै, अभिनेता सौगात मल्लको रहस्यमय अवतार प्रस्तुत गर्ने पोस्टर र समीरको जन्मदिनका अवसरमा सार्वजनिक गरिएको प्रि–टिजरले पनि चर्चा बटुलेको छ।

‘आसुसेन फिल्मस् प्रालि’को प्रस्तुति रहेको चलचित्रका निर्माता पवन ब्राडफोर्ड विष्ट हुन् भने कार्यकारी निर्माता प्रेम पुरी हुन्।