
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारले मधेशलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेर राहतको नाममा भ्रष्टाचार गर्न खोजेको आरोप लगाएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै साहले भने, ‘संकटग्रस्त क्षेत्र घोषणा गरेर सार्वजनिक खरिद ऐन प्रभावित भएको छ, आकस्मिक दफामा गएको छ। सरकारको नियत राहत दिने हो कि भ्रष्टाचार गर्ने भन्ने प्रश्न उठ्छ।’
योजना र बजेटविना विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको भन्दै सांसद साहले आपत्ति जनाए। मधेशमा पाँच सय डिप बोरिङ खन्ने प्रधानमन्त्री केपी ओलीको घोषणाबारे सरकारी निकायहरूसमेत अनभिज्ञ रहेको भन्दै उनले प्रश्न गरे, ‘यसरी हावादारी आश्वासनले पीडितलाई राहत दिन्छ कि दुःखी बनाउँछ ?’