मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 06 August, 2025
Invalid date format १३:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्ती राजमार्गमा सार्वजनिक यातायातका साधन सञ्चालनमा रोक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:५५:oo

निरन्तरको वर्षासँगै पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध भएपछि यातायात व्यवसायीले  राप्ती राजमार्गमा यातायातका साधन सञ्चालनमा रोक लगाएका छन्। पहिरोले सडक जोखिमयुक्त भएको भन्दै सल्यान–रुकुम यातायात प्रालि र त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द गरेका हुन्। सल्यान, रुकुम पश्चिम, रुकुम पूर्व र रोल्पाका लागि सञ्चालित दिवा तथा रात्रिकालीन बस, इभी, फोर्स सेवा मंगलबारका लागि पूर्ण रूपले बन्द गरिएको त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालि तुलसीपुर दाङले जनाएको छ । 

राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका– ३ चोरखोलामा सडकमाथिबाट पहिरो झरी सडक अवरुद्ध हुँदा आज एक दिनका लागि सम्पूर्ण यातायातका साधन बन्द गरिएको सल्यान–रुकुम यातायात प्रालि श्रीनगर सल्यानका अध्यक्ष अरविन्दकुमार राईले जानकारी दिए। प्रालिबाट सञ्चालित बागचौर, खलंगा, श्रीनगर हुँदै काठमाडाैंका लागि रात्रिकालीन बस र दाङ, सल्यान, रुकुम, रोल्पा र नेपालगन्जका सम्पूर्ण सेवा बन्द गरिएको उनको भनाइ छ । 

दुई दिनदेखि निरन्तर वर्षा भइरहँदा राप्ती राजमार्ग अवरुद्ध हुँदै आइरहेको छ । कपुरकोट गाउँपालिका– ३ चोरखोलामा पहिरो झरिरहँदा सडक खुल्ने र बन्द हुने हुँदै आइरहेको छ ।