मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
Invalid date format १२:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नवलपुरमा खोल्सामा खसेर एकजनाको निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३८:oo

नवलपुरको गैँडाकोट नगरपालिका १४ नगरटाँडीस्थित भित्री सडकबाट २० मिटर तल खोल्सामा खसेर एकजना पुरुषको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार खोल्सामा खसेर शनिबार बिहान देवचुली नगरपालिका १६ रहजरनिवासी ५१ वर्षीय किसान न्यौपानेको मृत्यु भएको हो। 

शुक्रबार साँझ घरबाट नगरटाँडीस्थित जाली फ्याक्ट्रीमा काम खोज्न जान्छु भनी साइकल लिई हिँडेको उनी शनिबार बिहानसम्म घर फर्किएका थिएनन्। उनलाई स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ। घटनास्थलनजिकै साइकल फेला परेको र उनी साइकलबाट लडेर खोल्सामा खसेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।