मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १२:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संघीय प्रहरी इकाइ कार्यालय जनकपुरबाट वीरगन्जमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:११:oo

नेपाल प्रहरीको युनिट संघीय प्रहरी इकाइ कार्यालय जनकपुरमा केही वर्ष कार्यालय सञ्चालन गरेपछि वीरगन्जमा सरेको छ। मधेश प्रदेश विपत् व्यवस्थापन गुल्म वीरगन्जको कार्यालयमा संघीय प्रहरी इकाइ कार्यालय सरेको वरिष्ठ प्रहरी नायब निरीक्षक मुक्तिनारायण यादवले जानकारी दिए। 

उनका अनुसार यहाँको मधेश प्रदेश विपत् व्यवस्थापन गुल्म जनकपुरमा सरेको र जनकपुरको संघीय प्रहरी इकाइ कार्यालय वीरगन्जमा सरेको हो। गत सातादेखि संघीय प्रहरी इकाइ कार्यालय जनकपुरबाट कार्यालयका विभिन्न सामग्री वीरगन्ज ओसार्दै आएको छ। यस्तै, संघीय प्रहरीमातहतका प्रहरीहरू पनि आउने क्रम जारी रहेको छ।  

कार्यालय वीरगन्जमा सार्न व्यवस्थापन गर्ने सामग्री र प्रहरीहरू वीरगन्ज कार्यालयमा आउने क्रममा जारी रहेको उनले बताए। कार्यालय सरे पनि कार्यालय व्यवस्थापनको काम भइरहेकाले अबको तीन दिनपछि कार्यालय पूर्ण रूपमा सञ्चालनमा आइसक्ने वरिष्ठ प्रहरी नायब निरीक्षक यादवले बताए। 

कार्यालय व्यवस्थापनका लागि संघीय प्रहरी इकाइ कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइराला शुक्रबार वीरगन्ज आइसकेका छन्। अहिले उनकै प्रत्यक्ष निगरानीमा संघीय प्रहरी इकाइ कार्यालयको व्यवस्थापनको काम भइरहेको अवस्था छ। संघीय प्रहरी इकाइ कार्यालयले प्रदेशभरिका जिल्लाका अपराध अनुसन्धानसहित आफ्नोमातहतमा पर्ने विभिन्न कार्यहरू सिधै प्रहरी प्रधान कार्यालयमा रिपोर्टिङ गर्नेछ। 

प्रहरीका अनुसार केन्द्रको प्रत्यक्ष नियन्त्रणमा रहने गरी संघीय प्रहरी इकाइ कार्यालय सबै प्रदेशमा संघीय प्रहरी इकाइ कार्यालय रहेको छ। नेपाल प्रहरीका अनुसार देशको विभिन्न भौगोलिक परिवेशअनुसार अवस्थित प्रहरी इकाइहरूको कार्य सञ्चालनमा परी आउने कठिनाइ तथा अवरोधहरूको निराकरण गरी सरल एवं सुलभ प्रणाली विकसित गरी प्रहरी प्रधान कार्यालयअन्तर्गत विभिन्न विभाग र इकाइहरूको गठन भएको छ।