मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १७ शनिबार
  • Saturday, 02 August, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण १७ शनिबार ११:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

वर्षाले देशभरका पाँच राजमार्ग पूर्ण रुपमा अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण १७ शनिबार ११:४९:oo

वर्षाले देशभरका पाँच राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् । संखुवाभाको भोटेखोलाको बाढीले कोशी राजमार्ग अवरुद्ध भएको छ भने बाढीकै कारण रसुवाको गोसाइकुण्ड गाउँपालिका २ स्थित नेपाल र चीन जोड्ने पुल अवरुद्ध भएको छ । 

त्यस्तै पासाङल्हामु सडक खण्ड, गल्छि त्रिशुलीदेखि मैलुङ स्याप्रु जाने सडक अवरुद्ध भएको छ । रुकुमपश्चिमको आठबिसकोटमा बाढी आउँदा जाजरकोट- डोल्पा भेरी करिडोर सडकखण्ड अवरुद्ध भएको छ । 

वर्षाले अवरुद्ध बनेको टोखा छहरे सडकखण्ड एकतर्फि संचालन भएको छ । बागलुङ र गैडाकोटस्थित कालीगण्डकी करिडोर एकतर्फी संचालनमा आएको छ । त्यस्तै बेनी–जोमसोम सडकखण्ड र पृथ्वी राजमार्ग पनि एकतर्फि संचालनमा आएको छ ।