मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:४४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बिजुली उत्पादन गर्न मध्यभोटेकोशी तयार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:४४:oo

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजना उत्पादनका लागि तयार भएको छ ।

विद्युत् प्राधिकरण कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार निरीक्षण गरी विद्युत् आयोजनाका अधिकारीहरूलाई सुरुङको चुहावट परीक्षण र पावरहाउसलगायत संरचनामा बाढी पस्न नसक्ने अवस्था सुनिश्चित गरी तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

शतप्रतिशत स्वदेशी सिप र पुँजीबाट बनेको सर्वाधिक ठुलो अयोजना बिजुली उत्पादनका लागि तयार भएको हो । कार्यकारी निर्देशक शाक्यले आयोजनाअन्तर्गतको ७.२ किलोमिटरको सुरुङमा पानी चुहिने–नचुहिने सुनिश्चित गर्न निर्देशन दिएका हुन् ।