मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:५५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

संस्थापक सेयर सर्वसाधारणमा परिणत नहुने व्यवस्थाको विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:५५:oo

नेपाल चेम्बर अफ कमर्सले सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)द्वारा हालै जारी गरिएको ‘धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका २०८२’ मा प्रस्तावित नयाँ व्यवस्थालाई अव्यावहारिक, लगानी प्रतिकूल र सेयर बजारमै अनिश्चितता पैदा गराउने ठहर गरेको छ ।

सिडिएससीले अभौतिकीकृत धितोपत्रलाई संस्थापक र सर्वसाधारणलाई फरक आइएसआइएन नम्बर प्रदान गर्ने तथा लकिङ पिरियडपछि संस्थापक सेयर स्वत: सर्वसाधारणमा परिणत नहुने व्यवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको चेम्बरले उल्लेख गरेको छ ।

सिडिएससीको निर्देशिका लागू भएमा नेपालको सेयर बजारमा दीर्घकालीन असर पर्ने, लगानीकर्ताको भरोसा कमजोर हुने र विशेषत: ऊर्जा क्षेत्र, सिमेन्ट, होटेल, उत्पादनमूलक उद्योग, मिडियालगायतका क्षेत्रमा नकारात्मक प्रभाव पर्ने चेम्बरको ठहर छ ।