मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १७ शनिबार
  • Saturday, 02 August, 2025
हदिश खुद्दार जनकपुरधाम
२o८२ श्रावण १७ शनिबार o९:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विपक्षी दलहरूले बुझाए मुख्यमन्त्री सिंहलाई ध्यानाकर्षण पत्र 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८२ श्रावण १७ शनिबार o९:४९:oo

मधेस प्रदेश  सरकारले २६ असारमा  प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेपनि हालसम्म  किसानलाई  राहत दिन कुनै ठोस कार्यक्रम नल्याएकाे भन्दै विपक्षी दलहरूले संयुक्त रूपमा मुख्यमन्त्रीलाई  ध्यानाकर्षण पत्र बुझाएका छन्। जसपा नेपाल मधेस प्रदेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सरोज यादवको अध्यक्षतामा बसेको विपक्षी दलहरूको बैठकले प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको थियो । सो निर्णयअनुसार जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका प्रतिनिधिहरूको टोलीले मुख्यमन्त्री सतिशकुमार सिंहलाई संयुक्त ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

विपक्षी दलहरूले किसानका लागि तत्काल राहत प्याकेज घोषणा गर्न, कृषि ऋणमा सहुलियत दिलाउन संघीय सरकारसँग समन्वय गर्न, तत्काल सिंचाइको व्यवस्था गर्न र मल–खाद्य वितरणमा पारदर्शिता कायम गर्न माग गरेका छन्।त्यस्तै, सतही तथा भूमिगत जलस्रोतको उपयोगका लागि नदी, नाला, पोखरी लगायतका जलाशयहरूको मर्मत तथा नयाँ जलाशय निर्माण, चुरे वन क्षेत्रको संरक्षण र खानेपानीको समस्या समाधान गर्नको लागि विशेष पहल गर्न  ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

ध्यानाकर्षणपत्र बुझाउन जसपा नेपालका सरोज यादव, माओवादी केन्द्रका युवराज भट्टराई, एकीकृत समाजवादीका कनिष पटेल, राप्रपाका कञ्चन विच्छा र संघीय समाजवादी पार्टीकी विमला अन्सारी तरन्नुम सहभागी थिए। ध्यानाकर्षण पत्र ग्रहण गर्दै मुख्यमन्त्री सतिशकुमार सिंहले विपक्षी दलहरूको सुझावलाई सरकारले  सकारात्मक रूपमा लिएको बताए। उनले सिंचाइ तथा खानेपानी समस्या समाधान गर्न सरकार गम्भीर रहेको उल्लेख गर्दै वर्षेनि खडेरीका कारण धान उत्पादन घटिरहेको भन्दै वैकल्पिक बालीको विषयमा पनि सरकार गम्भीर छलफलमा लागि रहको जानकारी दिए ।