मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
Invalid date format o९:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

छायाँनाथ धामको तीर्थयात्रा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:o२:oo

विश्वका चारधाममध्ये एउटा धाम  छायाँनाथको तीर्थयात्रा सुरु भएको छ। शुक्रबार  छायाँनाथ रारा नगरपालिका–२ चैन गाउँमा स्थित छायाँनाथ मन्दिरमा रहेका शिवजीको मूर्ति (गाथ)पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मी सहित मुगुम कार्मारोङ गाउँपालिका- १ मा रहेको  छायाँनाथको मुख्य मन्दिरमा लगिएको हो । हरेक वर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथीका दिन जिल्लाको प्रसिद्ध छायाँनाथ मन्दिरमा रहेको छायाँनाथ ठाकुरज्युको मूर्ति पवित्र धाम  छायाँनाथमा स्नान गर्न लगिने परम्परा रहेको छ ।

छायाँनाथमा  लगिएको शिवजीको मूर्ति (गाथ) जनैपूर्णिमासम्म  छायाँनाथको मुख्य मन्दिरमा रहने र दर्शनका लागि मुगुलगायत, जुम्ला, हुम्ला कालीकोट, डोल्पा, दैलेख, जाजरकोट, बाजुरा, अछाम, डोटी लगायतका जिल्लादेखि  धामीझाँक्रीसहित तीर्थालुहरू दर्शन गर्न आउने गर्दछन् ।करिब पाँच  दिनसम्म छायाँनाथमै  पूजापाठ, होम व्रत हुने गर्दछ भने त्यसमा वरदान माग्न १५ जिल्लाबाट तीर्थालुको ओइरो लाग्ने गरेको  छायाँनाथ मन्दिरका पुजारी सनत कुमार हमालले जनाए । विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेकी सत्यदेवीको सम्पूर्ण अंग  छायाँनाथमा  पतन भएको हुँदा त्यस ठाउँलाई   छायाँनाथ तिर्थ स्थलका रूपमा पुज्न थालिएको उनको  भनाइ छ ।

उक्त मन्दिरमा जाने तीर्थालुहरूले श्राद्ध, होम, व्रतबन्ध र आफुले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन्। कोही  धामीझाँक्री बनेर आउने गरेका छन् । भने कोही देवताका घण्टमाला पवित्र बनाउन जाने गरेका छन्। पवित्रस्थलका रूपमा रहेको   छायाँनाथ  विश्वकै उच्च स्थानमा रहने धामका रूपमासमेत चिनिने गर्दछ । शुक्रबार  प्रस्थान गरेको टोली पूर्णिमा परेवको दिनमा फर्किने गर्दछ।