मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format २o:२७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

जुलाईमा ७० हजार बाह्य पर्यटकले गरे नेपाल भ्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format २o:२७:oo

सन् २०२५ को जुलाई महिनामा नेपालले कुल ७० हजार १९३ जना अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरेको छ । 

यो संख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८.७ प्रतिशतले बढी हो । नेपाल पर्यटन बोर्डका अनुसार महामारीपूर्वको अवस्था सन् २०१९ को अप्रिल महिनासँग तुलना गर्दा जुलाई २०२५ मा नेपालले पर्यटक आगमनमा ९९ प्रतिशत रिकभरी गरेको छ ।

सन् २०२५ को जनवरीदेखि जुलाईसम्मको पहिलो सात महिनामा नेपालमा कुल ६ लाख ४७ हजार ८८२ जना अन्तर्राष्ट्रिय पर्यटक आगमन भएको छ । 

जुन महामारीपछिको कुनै पनि वर्षको तुलनामा उच्चतम आगमन हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यो संख्याले नेपालको पर्यटन पुनरुत्थान र विश्वभर फेरि एकचोटि लोकप्रिय गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखाएको बताए ।

जुलाईमा कुल आगमनमध्ये सबैभन्दा बढी भारतबाट मात्रै २७ हजार १५२ जना अर्थात् ३८.७ प्रतिशत पर्यटक आएका छन् । दोस्रो स्थानमा चीनबाट ६ हजार ८९० जना (९.८ प्रतिशत), तेस्रोमा अमेरिकाबाट ६ हजार ६२६ जना (९.४ प्रतिशत), बंगलादेशबाट चार हजार ४१३ जना (६.३ प्रतिशत) र बेलायतबाट तीन हजार ५४७ जना (५.१ प्रतिशत) पर्यटक नेपाल आगमन भएको छ ।

क्षेत्रीय विश्लेषण गर्दा दक्षिण एसियाली मुलुकहरूबाट सबैभन्दा बढी ३३ हजार ७८७ जना (४८.१ प्रतिशत) र छन् अन्य एसियाली मुलुकहरूबाट १३ हजार ५२ जना (१८.६ प्रतिशत), युरोपबाट नाै हजार २९२ जना (१३.२ प्रतिशत), अमेरिकाबाट १२ हजार ७७५ जना (११.१ प्रतिशत), ओसिनिया क्षेत्रबाट एक हजार ८०७ जना (२.६ प्रतिशत), मध्यपूर्वबाट ८२६ जना (१.२ प्रतिशत), अफ्रिकाबाट ३१८ जना (०.५ प्रतिशत) र अन्य क्षेत्रबाट तीन हजार ३२९ जना (४.७ प्रतिशत) पर्यटक आगमन भएको छ ।