मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
Invalid date format १४:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नवलपरासीको बर्दघाटमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १४ घाइते, तीनजनाको अवस्था गम्भीर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५४:oo

नवलपरासीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तका अनुसार बुटवलबाट नारायणगढका लागि छुटेको लु.२ख ६५७ नम्बरको बस अनियन्त्रित भई बर्दघाट नगरपालिका– ५ शान्तिनगर चोकमा दुर्घटना भएको हो । 

दुर्घटनामा परी एकजना अन्दाजी ४०–४५ वर्षीय पुरुषको बर्दघाटस्थित चिसापानी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका १४ जनामध्ये एकजनाको बर्दघाट चिसापानी अस्पतालमा उपचार भइरहेको र अन्यलाई उपचारका लागि रुपन्देहीतर्फ पठाइएको जनाइएको छ। दुर्घटनामा परी काठमाडौं महानगरपालिका– १४ कलंकी निवासी ३१ वर्षीय आदर्श अधिकारी, चितवनको खैरहनी नगरपालिका– १० निवासी ३५ वर्षीया निर्मलादेवी महतो, पर्सा जिल्लाको वीरगन्ज उपमहानगरपालिका– ३१ निवासी २५ वर्षीय सहलुदिन, बाराकाे सिसरा गाउँपालिका– २ नवलपुरनिवासी ५० वर्षीय सत्यनारायण, पर्साको वीरगन्जनिवासी राजु सुनार, चितवनको बघौडा– ३ निवासी ४५ वर्षीया शान्ति महतो, १० वर्षीया स्मारिका महतो, हाल ठेगाना नखुलेका ४० वर्षीय शिव श्रेष्ठ, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ९ निवासी विकल्प न्यौपाने घाइते भएका छन् । 

त्यसैगरी, कपिलवस्तुको शुद्धोधन गाउँपालिका– ३ निवासी दीपेन्द्रकुमार यादव, पश्चिम नवलपरासीको सरावल गाउँपालिका– १ निवासी ३० वर्षीय सन्तोष क्षेत्री, नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ५ निवासी २४ वर्षीया युमाया बाह्रघरे, सोही ठाउँका १५ महिने  बालक महेश बाह्रघरे र नवलपुरको मध्यविन्दु नगरपालिका– १५ निवासी २० वर्षीया सलिना थापा घाइते भएका छन् ।घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।