मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३७:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

मुस्कान ढकालको निर्देशनमा ‘रत्यौली’ निर्माण घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३७:oo

नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित सिनेमा ‘रत्यौली’को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ। विवाह संस्कारको विशेष अंगका रूपमा महिलाहरूले गाउने परम्परागत लोकगीत ‘रत्यौली’बाट प्रेरित भई यो सिनेमाको नाम राखिएको हो।

रञ्जन रिजालको प्रस्तुतिमा निर्माण हुने यो सिनेमाबाट उनले सिनेमा निर्माणमा डेब्यु गर्न लागेका हुन्। ०६२/६३ सालदेखि म्युजिक भिडियो क्षेत्रमा मोडलका रूपमा सक्रिय रिजालले सयौँ भिडियोमा अभिनय गरिसकेका छन्।

‘नाइँ नभन्नु ३’ र ‘समभर लभ’जस्ता सफल सिनेमा निर्देशन गरेका मुस्कान ढकाल यो सिनेमाका निर्देशक हुन्। नेपाली युवा निर्देशकहरूमा सम्भावना बोकेका ढकालले यसपटक सांस्कृतिक र पारिवारिक कथामा आधारित सिनेमा निर्देशन गर्न लागेका छन्।

नाइट एंगल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको सिनेमालाई नोयन्द्र धिताल, विजयकुमार पाठक र मुस्कान ढकालको लगानीमा निर्माण गर्न लागिएको हो। सिनेमाको छायांकन आगामी तिहारलगत्तै सुरु हुनेछ। साउन १६ गते आज शुक्रबार निर्माण टिमले टाइटल सार्वजनिक गरेको हो। अहिले कलाकार छनोट र प्राविधिक तयारी अघि बढिरहेको निर्माण टिमले जनाएको छ।

निर्देशक मुस्कान ढकालका अनुसार हाल सिनेमाको लोकेसन र कलाकार फाइनल गर्ने काम सुरु भएको छ। सिनेमाले नेपाली संस्कृति र मनोरञ्जनलाई सन्तुलित ढंगले प्रस्तुत गर्ने लक्ष्य लिएको निर्देशक ढकाल बताउँछन्।