मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १६ शुक्रबार
  • Friday, 01 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १६ शुक्रबार o७:५५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बनेपामा खुल्यो कजारियाको सोरुम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १६ शुक्रबार o७:५५:oo

भारतको टायल निर्माता कजारियाको नयाँ सोरुम बनेपा, काभ्रेपलान्चोकमा सञ्चालनमा आएको छ । बनेपाले मार्बल प्यासेलद्वारा सञ्चालित सोरुमले उच्च गुणस्तरका टायलको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ ।

सोरुको उद्घाटन बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यका साथै कजारिया रमेश टायल्सका राष्ट्रिय सेल्स प्रबन्धक अभ्यासभूषण तिवारीले गरेका हुन् । उद्घाटन कार्यक्रममा समारोहलाई सम्बोधन गर्दै मेयर शाक्यले कजारियाजस्तो प्रतिष्ठित ब्रान्ड बनेपामा आउनु खुसीको कुरा भएको बताए । 

बनेपास्थित यो नयाँ सोरुमले प्रिमियम टायलको अनुभव दिनेछ, जसले ग्राहकलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्ने बताइएको छ । सोरुम विस्तारसँगै कजारियाले उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्ड लागू गर्ने आफ्नो मिसनलाई नेपालका निर्माण सामग्रीको क्षेत्रमा बलियो बनाउँदै लगेको कम्पनीको दाबी छ ।