मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारी लगानीका संस्थान, प्रतिष्ठानका कर्मचारीको तलब सुविधामा एकरूपता कायम गर्नेबारे कार्यदल गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o२:oo

सरकारको लगानी भएका संस्थान, प्रतिष्ठानलगायतमा कर्मचारीको तलब सुविधामा एकरूपता कायम गर्ने सम्बन्धमा सरकारले कार्यदल गठन गरेको छ।मन्त्रिपरिषकाे गत सोमबारको बैठकले पूर्वउपमहालेखापरीक्षक (सचिव) रामुप्रसाद डोटेलको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो।

हाल विभिन्न संस्थान, प्रतिष्ठान, बोर्ड, समितिलगायतमा कर्मचारी र पदाधिकारीको तलब सुविधामा विविधता छ। यस्ता निकायपिच्छे कतै बढी, कतै कम तलब र सेवासुविधा छ। यस्तो तलवबमा सामञ्जस्य कायम गर्न महालेखापरीक्षक कार्यालयले आफ्ना प्रतिवेदनहरूमार्फत सरकारलाई सुझाव दिँदै आएको छ।

सरकारले गठन गरेको समितिमा रमेशप्रसाद सिवाकोटी र चण्डीप्रसाद घिमिरे सदस्य छन्। मन्त्रिपरिषद्को निर्णयमा ‘राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानलगायत निकायका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवासुविधामा एकरूपता कायम गर्ने सम्बन्धमा सुझावसहित प्रतिवेदन पेस गर्न’ कार्यदल गठन गरिएको उल्लेख छ।