मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 01 August, 2025
Invalid date format १३:३४:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३४:oo

चर्चित टेलिभिजन सिरियल भद्रगोल निर्माण तथा निर्देशन गरेर चर्चामा आएका अर्जुन घिमिरे (पाँडे) निर्देशक बनेका छन् । उनले बिहीबार साउन १५ अर्थात् खिर खाने दिनको अवसर पारेर ललितपुरस्थित धन्तेरी बाराही मन्दिरमा डेब्यु निर्देशकीय सिनेमा ‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त गरेका हुन् ।

गत वर्षसम्म उनी चर्चित टेलिभिजन सिरियल सक्किगो नि निर्माण तथा निर्देशन गरिरहेका थिए । गत वर्षको फागुन १३ मा उनको टिम जेपिटी क्रियसनकाे निर्माण ‘लाज शरणम्’ प्रदर्शनमा आएको थियो । यो सिनेमामा अर्जुन घिमिरे (पाँडे)ले मुख्य भूमिकामा अभिनयसमेत गरेका थिए । उक्त सिनेमा बक्स अफिसमा हिट भएपछि उनी आफैँ निर्देशनमा अग्रसर भएका हुन्।

‘झरीपछिको इन्द्रेणी’मा सक्किगो नि टिमबाट प्रियाना आचार्य (मुन्नी)लाई मात्र समावेश गरेका छन् । अन्य कलाकार पनि कथाले मागेको खण्डमा भित्रिन सक्ने सिनेमाको मुहूर्तपछि मिडियासँगको कुराकानीमा निर्देशक पाँडेले बताए । यो सिनेमाबाट करिब नाै वर्षपछि कलाकार गणेश उप्रेतीले नेपाली रजतपटमा कमब्याक गर्दै छन् । एउटा राम्रो टिमबाट कमब्याक गर्न पाउँदा आफू निकै उत्साहित रहेको कलाकार उप्रेती बताउँछन् ।

यो सिनेमामा गणेश र प्रियानासहित निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौलालगायतका कलाकारको अभिनय रहनेछ । सिनेमामा अर्जुन घिमिरे (पाँडे)को अभिनय रहने कि नरहने भन्ने खुलाइएको छैन् । शुभमुहूर्तसँगै आजैबाट छायांकन सुरु गरिएको सिनेमा काठमाडौं, ललितपुर र भक्तपुरमा खिचिनेछ ।

पारिवारिक कथावस्तुमा निर्माण हुने सिनेमाको छायांकन सेड्युल ४५ दिनको रखिएको छ । सिनेमामा कुमार व्यञ्जनकार (कुमार बेन)को कथा तथा अर्जुन घिमिरे र विशाल घिमिरेको पटकथा रहेको छ ।

पशुपति शिवजी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने यो सिनेमालाई बुद्ध थापाले छायांकन र सुशील कडरियाको लगानी रहनेछ । रास्वापा नेता गणेश कार्कीको समेत गीत रचना रहने सिनेमाको एउटा गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको र्‍याप रहने जनाइएको छ । सिनेमाको शुभमुहूर्तमा समेत बालेनपत्नी सविना काफ्ले उपस्थित भएर सफलताको शुभकामनासमेत दिएकी थिइन् ।