मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 01 August, 2025
Invalid date format १३:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घर धानेको कुकुर मरेपछि नौ दिन काजकिरिया !

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२२:oo

दाङको तुलसीपुर उपमहानगरपालिका– १७ का वडासदस्य शशिधर पौडेलले आफ्नो घर धानेको कुकुर मरेपछि नौ दिन काजकिरिया गरेका छन् । मानवीय संवेदनशीलतासमेत हराइरहेको अवस्थामा कुकुरको काजकिरिया गर्दा सबैले अनौठो मानिरहेका छन् । तैपनि कुकुरले पनि मानिसजस्तै सचेत भएर घर धानेको भन्दै त्यो कुकुर आफ्नो परिवारको सदस्यजस्तो भएको वडासदस्य  पौडेलले बताए । ‘यो कुकुरमा मानव जातिमा भन्दा राम्रो गुण थियो,’ उनले भने, ‘घरमा कोही नहुँदा, घर हेर्थ्याे, हामी घरमा ताला नलगाएर जाँदा पनि त्यही कुकुरले घरको सुरक्षा गरेको हुन्थ्यो ।’ 

आफ्ना घरका मान्छे एक किलोमिटर टाढाबाट हर्न बजाउँदा पनि चिन्ने गरेकाेसमेत उनको भनाइ छ । त्यति मात्रै होइन, घरका मान्छे बाहिर जाँदा मुख निन्याउरोसमेत बनाउँथ्यो ।  पौडेलले उक्त कुकुरलाई नाै वर्ष पालेका थिए । त्यो कुकुर मर्दा आफूलाई निकै पीडा भएको भन्दै नाै दिन परम्परागत रूपमा मानिसको मृत्युमा गरिने किरिया सम्पन्न गरेको बताए ।

उक्त कार्यक्रममा स्थानीयवासी, समाजसेवी, अन्य जनप्रतिनिधिहरू तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले पौडेलको पशुप्रति देखिएको भावनात्मक प्रेम र सम्मानको प्रशंसा गरेका छन् ।