मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 31 July, 2025
एजेन्सी प्योङयाङ
Invalid date format १o:३o:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

आणविक अस्त्रसम्पन्न राज्यको मान्यता दिनुपर्ने उत्तर कोरियाको माग

Read Time : < 1 मिनेट
एजेन्सी, प्योङयाङ
नयाँ पत्रिका
Invalid date format १o:३o:oo

उत्तर कोरियाली नेता किम जोङ उनकी प्रभावशाली बहिनी किम यो जोङले संयुक्त राज्य अमेरिकालाई आफ्नो देशलाई आणविक हतियार भएको राज्यको रूपमा स्विकार्न आह्वान गरेकी छिन् । उनले कुनै पनि वार्ताबाट उत्तर कोरिया आणविक नि:शस्त्रीकरणमा नजाने चेतावनीसमेत दिएकी छिन् । 

मंगलबार प्योङयाङको राज्य नियन्त्रित ‘कोरियन सेन्ट्रल न्युज एजेन्सी’ले किमको विज्ञप्ति प्रसारित गरेको थियो । विज्ञप्तिमा किम यो जोङले प्योङयाङको क्षमता र भूराजनीतिक वातावरण ‘पूर्ण रूपमा बदलिएको’ स्वीकारोक्ति ‘भविष्यका हरेक कुरा’को पूर्वसर्त हुनुपर्ने जोड दिएकी छिन् । 

‘प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका जनताको सर्वोच्च इच्छालाई प्रतिबिम्बित गर्ने सर्वोच्च कानुनद्वारा स्थापित भएको तथ्य उत्तर कोरिया आणविक हतियारसम्पन्न राज्य भएको स्थितिलाई अस्वीकार गर्ने कुनै पनि प्रयासलाई पूर्ण रूपमा अस्वीकार गरिनेछ,’ किमले विज्ञप्तिमा भनेकी छिन्, ‘प्रजातान्त्रिक जनगणतन्त्र कोरिया आफ्नो वर्तमान राष्ट्रिय स्थितिको रक्षा गर्न जुनसुकै विकल्पका लागि खुला छ ।’

सत्तारुढ वर्कर्स पार्टी अफ कोरियाको प्रोपोगान्डा कार्यक्रमको प्रमुख रहेकी किमले अमेरिका र उत्तर कोरियाको टकराव ‘कुनै पनि हिसाबले फाइदाजनक’ नभएको पनि बताएकी छिन् । उनले आफ्ना दाजु किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिचको सम्बन्ध ‘खराब नभए पनि’ आणविक नि:शस्त्रीकरणलाई अगाडि बढाउन उनीहरूको व्यक्तिगत सम्बन्ध प्रयोग नगर्न चेतावनी दिएकी छिन् ।

दक्षिण कोरियाको समाचार एजेन्सी ‘योनहाप’ले एकजना ह्वाइट हाउसका अधिकारीको नाम उल्लेख नगरी ट्रम्प उत्तर कोरियाको ‘पूर्ण आणविक नि:शस्त्रीकरण’को उद्देश्यका लागि किम जोङ उनसँग वार्ता गर्न खुला रहेको बताएको थियो । सोही समाचारको प्रतिक्रियामा किमको पछिल्लो टिप्पणी आएको विश्वास गरिएको छ ।

पहिलो कार्यकालमा ट्रम्पले सन् २०१८ र २०१९ मा किम जोङ उनसँग तीनपटक प्रत्यक्ष शिखर वार्ता गरेका थिए । जनवरीमा ह्वाइट हाउस फर्किएयता ट्रम्पले पुन: प्योङयाङसँग वार्ता सुरु गर्न चासो देखाएको समाचार आइरहेका छन् ।