मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 27 July, 2025
Invalid date format १३:५६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

ढोरपाटनमा एक वर्षमै पुगे २३ हजार पर्यटक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:५६:oo

नेपालको एक मात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको संख्यामा बर्सेनि वृद्धि भइरहेको छ । ढोरसिकार आरक्ष कार्यालय बागलुङका अनुसार ढोरपाटन घुम्न आउने आन्तरिक पर्यटकको संख्यामा गत एक वर्षमै आठ हजारले वृद्धि भएको छ । 

ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीका अनुसार आर्थिक वर्ष ०८०/८१ मा १५ हजार ५७३ पर्यटक ढोरपाटन पुगेकोमा आर्थिक वर्ष ०८१/८२ मा पर्यटकको संख्या आठ हजारले बढेर २३ हजार ६९२ पुगेको छ । जसमध्ये सार्क नागरिक १२ जना र विदेशी नागरिक २१३ जना मात्रै रहेका छन् भने अन्य पर्यटक आन्तरिक नै हुन् । 

ढोरपाटनको प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकी र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण पर्यटकको संख्या बर्सेनि बढ्दै गएको सुवेदीको भनाइ छ ।

उनका अनुसार पर्यटकको संख्यामा वृद्धि भएसँगै राजस्वमासमेत वृद्धि भएको छ । ढोरपाटन पुग्ने नेपाली पर्यटकले रु. एक सय प्रवेश शुल्क तिर्नुपर्ने हुन्छ । 

गत आवमा मात्रै २० लाखभन्दा बढी राजस्व पर्यटकको प्रवेश शुल्कबाट संकलन भएको छ । ‘प्रचारप्रसार, पर्यटकीय पूर्वाधार थपिनु, बुकी र जलजलाको चर्चासँगै पदयात्रा गर्न आउनु र होटेल तथा घरबासको व्यवस्थापनका कारण पर्यटकमा वृद्धि भएका छन्,’ सुवेदीले भने ।
 
ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय सिकार आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक त्यहाँ आउने गरेका छन् ।

ढोरपाटन उपत्यकामा दुई दर्जन होटेल तथा घरबास सञ्चालनमा रहेको र सोझै पोखरादेखि पर्यटकलाई प्याकेजमै ल्याउने लैजाने व्यवस्थापनका कारण पर्यटकलाई सहज भएको ढोरपाटन सामुदायिक घरबासका सञ्चालक रामबहादुर घर्तीले जानकारी दिए । 

समुद्री सतहदेखि दुई हजार नाै सय मिटरको उपत्यकादेखि चार हजारभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्ने थालेका छन्।