मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 27 July, 2025
Invalid date format ११:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिटी रिक्सा चार्ज गर्ने क्रममा दम्पतीको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५९:oo

सप्तरीको रूपनी गाउँपालिका–२ मा शनिबार सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर दुईजनाको ज्यान गएको छ। मृतकहरूमा स्थानीय ४५ वर्षीय बालेश्वर मण्डल र ३५ वर्षीया रामकुमारी खंग रहेका छन्। उनीहरू श्रीमान्-श्रीमती‌ हुन्। श्रीमानलाई करेन्ट लागेपछि श्रीमती छुटाउन जाँदा दुवैजनाको मृत्यु भएको हो।  

घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय रूपनीको टोली घटनास्थल पुगेको थियो। प्रहरीले मृतकका शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको छ। प्रारम्भिक अनुसन्धानअनुसार सिटी रिक्सा चार्ज गर्ने क्रममा लापरबाहीका कारण करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।