मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 23 July, 2025
मुख्य समाचार प्रिन्ट संस्करण

डिम्बको अवैध कारोबार : मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले बढायो अनुसन्धान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:५८:oo

नि:सन्तान दम्पतीलाई सन्तनोत्पादन गराइदिने प्रलोभनमा किशोरीको डिम्बको अवैध करोबार गर्ने दुई आइभिएफ क्लिनिकका सञ्चालकविरुद्ध बालबालिका ऐन, २०७५ अनुसार अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत २९ असारमा बबरमहलस्थित होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिक र महाराजगन्जस्थित एन्जल फर्टिलिटी क्लिनिकमा आबद्ध डा. स्वस्ति शर्मा, असिम अधिकारी, डा. मलिनी चौधरी, अलिशा ओली र जस्टिना प्रधानलाई पक्राउ गरेको थियो । 

१८ वर्षभन्दा कम उमेरका किशोरीलाई आर्थिक प्रलोभनमा पारी डिम्ब झिकेको अभियोगमा उजुरी परेपछि सिआइबीले उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूलाई काठमाडौं जिल्ला अदालतले हाजिरी जमानीमा छाडेको छ ।

सोही अनुसन्धान अहिले बालबालिका ऐन, २०७५ को दफा ६६ (२) को (थ) अन्तर्गत अनुसन्धान भइरहेको मानव बेचखिन तथा अनुसन्धान ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीले बताए ।

‘किशोरीको डिम्बको अवैध कारोबार हुने गरेको सूचनापछि अनुसन्धान प्रक्रिया अघि बढाउँदै जाँदा पक्राउ परेका पाँचजनाविरुद्ध बालबालिका ऐन, २०७५ अनुसार अनुसन्धान प्रक्रिया अघि बढेको छ,’ उनले भने । प्रहरीका अनुसार दुवै आइभिएफ क्लिनिकले डिम्ब दान गरेबापत किशोरीलाई १० हजार रुपैयाँ दिँदै ग्राहकबाट १८ लाख रुपैयाँसम्म असुल्ने गरेको खुलेको छ ।