मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ६ मंगलबार
  • Tuesday, 22 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ६ मंगलबार १o:५१:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ६ मंगलबार १o:५१:oo

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले सोमबार आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । नयाँ लोगोले लुम्बिनीको इतिहाससँगै राष्ट्रिय गौरवलाई प्रतिनिधित्व गरेको टोलीले जनाएको छ ।

लुम्बिनीका अध्यक्ष ईश्वरबहादुर जिसीले नयाँ लोगोमा बुद्धको जन्मस्थल मायादेवी मन्दिर र अशोक स्तम्भअंकित भएको बताए । ‘नेपालको राष्ट्रिय झन्डाको रातो रङ, चन्द्र र सूर्यको प्रतीकजस्ता नेपाली पहिचान झल्काउने तत्व समावेश गरिएका छन्,’ उनले भने, ‘सुनौलो अक्षरले लुम्बिनीमा बलिरहेको कहिल्यै ननिभ्ने शान्तिदीपलाई प्रतिनिधित्व गरेको छ ।’ ०८१ मा स्थापना भएको लुम्बिनीले एनपिएलमा फेरि एकपटक उत्साहका साथ प्रस्तुत हुन तयार भएको उनले बताए ।