मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 21 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १२:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

७० वर्षे उमेरहद : ओलीलाई भीम रावलको व्यंग्य– सुतेको समय पनि घटाउने कि ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १२:५८:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीले ७० वर्षे उमेरहदको विषयमा दिएको अस्वाभाविक तर्कबारे नेता भीम रावलले व्यंग्य गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले ७० वर्षे उमेरहद लगाउने भए आफू जेल बसेको समय घटाउनुपर्ने प्रस्ताव गरेका थिए । यसै विषयलाई लिएर रावलले काम नगरी सुतेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि भन्दै व्यंग्य गरेका हुन् ।

केपी ओलीसँगको विवादकै कारण एमाले छोडेका नेता रावलले राजनीतिमा आउनुअघि बाल्यकाल र बिरामी भई काम नगरेको समयावधिसमेत घटाउन व्यंग्यात्मक सुझाव दिएका छन् ।

‘एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेस भएछ,’ रावलले अघि लेखेका छन्, ‘केपीको अतृप्त पद र सत्ताभोक शान्त पार्न निजको राजनीतिमा आउनुअघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि ?’