
केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित भएको छ । केल्मीले २०२६ ग्रिष्मकालीन अन्तर्राष्ट्रिय टिम वेयर मिटको अवसरमा केल्मी मुख्यालयमा आयोजित एक विशेष समारोहमा सम्मान गरेको हो । केल्मी नेपालका निर्देशक प्रदीप न्यौपाने र प्रबन्ध निर्देशक उत्तम न्यौपानेले उक्त अवार्ड ग्रहण गरेका हुन् ।
केल्मी, विश्वप्रसिद्ध स्पोर्टसवेयर ब्रान्ड हो भने अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्रभाव विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरूलाई पुरस्कृत गर्दै पनि आएको छ । नेपाली बजारमा पनि केल्मीले आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ भने खेलाडीहरूको पहिलो रोजाइमा रहने गरेको छ ।
केल्मीको मुख्यालयमा आयोजित २०२६ ग्रिष्मकालीन अन्तर्राष्ट्रिय टिम वेयर मिटमा विश्वभरका प्रतिनिधिहरू उपस्थित भएका थिए । पुरस्कार ग्रहणपछि प्रबन्ध निर्देशक उत्तम न्यौपानेले भने, ‘यो पुरस्कारले हामीलाई थप प्रेरणा प्रदान गरेको छ । हामी केल्मीसँगको आफ्नो साझेदारीलाई अझ सुदृढ गर्दै नेपालमा खेलकुद संस्कृतिलाई प्रोत्साहन गर्न र विश्वस्तरीय स्पोर्टसवेयर उपलब्ध गराउन प्रतिबद्ध छौँ । हाम्रा ग्राहकहरू, साझेदारहरू र खेलप्रेमीहरूको निरन्तर समर्थनले हामीलाई यो उचाइमा पुर्याएको छ । हामी आगामी दिनहरूमा पनि उत्कृष्टताको यो यात्रालाई निरन्तरता दिने नै छौँ ।’
नेपालमा केल्मीको बजारलाई अझ विस्तार गर्न, नयाँ र नवीन उत्पादनहरू ल्याउन तथा नेपाली खेलकुद क्षेत्रलाई थप सशक्त बनाउन योजना बनाइरहेको पनि न्यौपानेले बताए ।