मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 18 July, 2025
Invalid date format २o:५४:oo
Read Time : > 1 मिनेट
प्रवास

अमेरिकाको ओहायोमा एनआरएनको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:५४:oo

अमेरिकाको ओहायो राज्यमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ओहायो च्याप्टरद्वारा आयोजित ‘मिट एन्ड ग्रिट तथा अन्तर्क्रिया कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ । अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मी प्रमुख अतिथि रहेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष होताराम विश्वकर्माले  गरेका थिए। 
ओहायोमा बसोबास गर्दै आएका नेपाली समुदायका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको संस्थाले जनाएको छ । कार्यक्रम यही जुलाई २९ र ३० तारिखमा ओहायोमा आयोजना हुने राहदानी कन्सुलर सेवा शिविरबारे जानकारी दिइएको छ । 

एनआरएनए ओहायो च्याप्टरका अध्यक्ष होताराम विश्वकर्माले गैरआवासीय नेपाली नागरिकताको औचित्य र यसको वंशजीकरणको जानकारी गराएका थिए । त्यस्तै, राजदूत रेग्मीले महिलाहरू र विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीलाई लक्षित गर्दै आवश्यक परेमा उनीहरूका लागि छुट्टै अस्थायी राहदानी कन्सुलर सेवा सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे। 
कार्यक्रममा विशेष अतिथिका रूपमा नेपाली दूतावासका नियोग उपप्रमुख शरदराज आरण, नेपाल सरकारका लागि ओहायोस्थित महावाणिज्यदूत डा. दामोदर पौडेल,  एनआरएनए एनसिसी अमेरिकाका सल्लाहकार डा. सञ्जु महतो,  ओभरसिज नेपाली फोरमका राष्ट्रिय समिति अध्यक्ष छवि पाण्डे, ग्लोबल पिपुल एलाइन्सका अध्यक्ष काशी अधिकारी, सेन्ट्रल ओहायो नेपाली एसाेसिएसनका अध्यक्ष  आनन्द तिवारी, ओभरसिज नेपाली फोरमका ओहायो अध्यक्ष विजय थापा,  एभरेस्ट क्लब अमेरिकाका अध्यक्ष विज्ञान भट्टराई, कलाकार सरिता लामिछाने, पूर्वसचिव रिद्धि खड्का, प्रदीप बास्तोलालगायत थुप्रै विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। 

कार्यक्रममा नेपाल सरकारका लागि ओहायोस्थित महावाणिज्यदूत डा. दामोदर पौडेलले राजदूतावास र एनआरएनए ओहायोबिच समन्वयकारी भूमिका खेल्दै ओहायोवासी नेपालीलाई आसन्न राहदानी कन्सुलर सेवामा उपस्थित भई सेवा लिइदिन हुन हार्दिक अनुरोध गरे ।  

कार्यक्रममा अमेरिकामा रहेका नेपालीको समस्या, आवश्यकता र आगामी घुम्ती कन्सुलर शिविरबारे विस्तृत छलफल र खुला संवाद भएको थियो । पञ्चकन्याद्वारा अतिथिको स्वागत तथा सहभागीहरूले राजदूत रेग्मीलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका  थिए। 

कार्यक्रममा एनआरएनए ओहायो कार्यसमितिबाट उपाध्यक्ष भीषण अधिकारी, महिला उपाध्यक्ष विनिता आचार्य, सचिव लोकेन्द्र देवकोटा, कोषाध्यक्ष डिल्लीराम केरुङ, युवा संयोजक विजय बुढा, महिला संयोजक शारदा धिताल तथा रेवती कँडेल, सागर चाैलागाईं, धनञ्जय भट्टराईलगायतको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रमकाे सञ्चालन सचिव लोकेन्द्र देवकोटा र महिला संयोजक शारदा धितालले संयुक्त रूपमा गरेका थिए । एभरेस्ट कला केन्द्रद्वारा सांस्कृतिक कार्यक्रम तथा रात्रिभोजसहित सम्पन्न भएको यस कार्यक्रममा ए ! ग्रोसरी एन्ड रग्स, लक्ष्मी ज्वेलर्स, एभरेस्ट मल्टिटेक, उजेली सुशी, कलश इभेन्ट सेन्टर, आर ए टी स्ट्याफिङक हिमालयन डेकेयर सेन्टरलगायत संघसंस्थाले सहयोग गरेका थिए।