मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 18 July, 2025
Invalid date format १८:१o:oo
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

वन्यजन्तु संरक्षणको धरोहर सदर चिडियाखाना [फाेटाेफिचर]

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:१o:oo

नेपालको एक मात्र चिडियाखाना सदर चिडियाखाना बालबालिकाका लागि विशेष आकर्षणको केन्द्र हो। गर्मीको फुर्सदिलो समयमा काठमाडौंभित्र एक दिन बिताउन सदर चिडियाखाना उत्कृष्ट गन्तव्य हो।

यहाँ बालबालिकाले चित्र र टेलिभिजनमा मात्र देखेका जीवजन्तु तथा चराचुरुंगीहरू प्रत्यक्ष रूपमा अवलोकन गर्न पाउँछन्। यद्यपि, केही बालबालिका किताबमा देखेका जनावरहरू प्रत्यक्ष रूपमा आँखाअगाडि देख्दा बाहिरै आएर आक्रमण गर्छ कि भन्ने डर पनि देखिन्छ।

नेपालमा लोपोन्मुख अवस्थामा रहेका ११३ प्रजातिका दुर्लभ वन्यजन्तुहरूलाई संरक्षण गरी प्रदर्शनीमा राखिएको छ। सदर चिडियाखानाले अन्य अन्तर्राष्ट्रिय चिडियाखानाहरूसँग पशुपन्छी आदान–प्रदान कार्यक्रममार्फत वनमान्छे (चिम्पान्जी), अस्ट्रिच, जलगैँडा र विभिन्न विदेशी चराहरूसमेत राखेको छ। यहाँ वार्षिक करिब १० लाख दर्शकहरू अवलोकनका लागि आउने गर्छन्।

यो चिडियाखाना केवल पशुपन्छी अवलोकन र मनोरञ्जनको स्थल मात्र होइन, ऐतिहासिक र प्राकृतिक महत्त्वको धरोहर पनि हो। संरक्षण, शिक्षण र मनोरञ्जनको संयोजनले यो चिडियाखाना सबै उमेर समूहका लागि आकर्षक गन्तव्य बनेको छ।

हेर्नुस् थप तस्बिरहरू :